Advertisement
ताजा खबर
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

आइतबारदेखि जनमतको विभिन्न जिल्लामा प्रशिक्षण

प्रतिक्षा खबर
२०८१ भाद्र २९, शनिबार २०:२१

 जनमत पार्टीले आइतबारदेखि विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बर्दिया जिल्लाबाट सुरु हुने प्रशिक्षण कार्यक्रम असोज १४ गतेसम्म सञ्चालन हुने जनमत पार्टीले जनाएको छ ।

यो प्रशिक्षण बर्दिया, बाँके, कपिलवस्तु, नवलपरासी, रुपन्देही, धनुषा, महोत्तरी, सर्लाही, रौतहट बारा, पर्सा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा गरी १६ वटा जिल्लामा दिइने बताइएको छ ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले यो राजनीतिक प्रशिक्षण भएको समेत बताए । उनले पार्टीका अध्यक्ष डा.सिके राउतलगायत अन्य शीर्ष नेताहरूले प्रशिक्षण दिने बताए ।

दसैँअघि नेता तथा कार्यकर्तालाई भेटघाट तथा राजनीतिक प्रशिक्षण दिनका लागि यो कार्यक्रम तय भएको बताउँदै उनले यस्तो कार्यक्रम देशैभर गर्ने बताए । उनले यो पहिलो चारणको कार्यक्रम रहेको बताए ।

सरकार सञ्चालन, देशको समसामयिक राजनीतिक अवस्था, ८४ को चुनाव लगायतका विषयमा पार्टीले प्रशिक्षण दिने उनले बताए । खानले जिल्लामा  कार्यसमिति बनिरहेकोले चाँडै नै घोषणा गर्ने तयारी भइरहेको समेत बताए ।

‘हाल जिल्लामा इन्चार्जहरू मात्र तोकिएका छन् । सोही इन्चार्जहरूले प्रशिक्षणको व्यवस्था गर्छन्’ उपाध्यक्ष खानले भने

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर