Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

भारतीयलाई नागरिकता दिएकाे आराेपमा रामगाेपालपुर नगरपालिकाबाट कार्यालय हयाेगी नियन्त्रणमा

प्रतिक्षा खबर
२०८२ पुष १०, बिहीबार १५:४७

भारतीयलाई नागरिकता दिएकाे आराेपमा इलाका प्रशासनका सहयाेगी नियन्त्रणमा

रामगाेपालपुर,सरकारी कागजात कीर्ते गरी भारतीय नागरिककाे नेपाली नागरिकता बनाएको आरोपमा प्रहरीले इलाका प्रशासन कार्यालयका सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ

महोत्तरीको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा कार्यरत कार्यालय सहयोगीले सरकारी कागजातको दुरुपयोग गरी भारतीय नागरिकलाई नागरिकता दिलाएको आशंकामा अनुसन्धान भइरहेकाे हाे ।

कार्यालयको कागजात, सरकारी छाप, किर्ते दस्तखत र होलोग्रामको दुरुपयोग गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाएको आरोपमा प्रहरीले कार्यालय सहयोगी कृष्ण मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हाे ।

विशेष सूचनाको आधारमा इलाका प्रशासन रामगोपालपुरका कार्यालय सहयोगी मण्डललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी महोतरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए

जिल्ला प्रशासन महोत्तरीबाट आएको जानकारी अनुसार कार्यालय सहयोगी मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । मण्डल पक्राउ परेपछि अर्का कार्यालय सहयोगी फरार भएका छन्

इलाका प्रशासन रामगोपालपुरबाट २०७६ मा वितरण भएको नागरिकतामा त्रुटि देखिएपछि अनुसन्धान अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईन्द्रदेव यादवले बताए । ‘गृह मन्त्रालयबाट २०८२ असोज ३० गते अनुसन्धान अगाडी बढाउन जानकारी आएको हो,’ प्रजिअ यादवले भने,‘म महोत्तरी आउनु अगावै यो विषयमा अनुसन्धान सुरु भएको थियो । म आएपछि नागरिकता वितरणमा त्रुटि भेटिएपछि कार्यालय सहयोगीलाई पक्राउ गरी अनुसन्धान अगाडी भइरहेकाे छ ।’ अनुसन्धान टुंगिएपछि मात्रै विस्तृत विवरण खुल्ने उनले बताए ।

अनुसन्धानमा संलग्न कर्मचारीहरुका अनुसार इलाका प्रशासनबाट कीर्ते गरी नागरिकता बनाएका भारतीयहरु नेपाली राहदानी लिएर विदेशमा छन् । नागरिकता बनाउँदा इलाका प्रशासनका कर्मचारीले मोटो रकम संकलन गरेको बुझिएको ती कर्मचारीले सुनाए ।कान्तिपु

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर