Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जसपा नेपालले नेताहरुलाई चार महिने अभियानमा खटायो

प्रतिक्षा खबर
२०८१ श्रावण ३१, बिहीबार ०१:३४

३० साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्यहरुलाई चार महिने अभियानमा खटाएको छ । बुधबार सकिएको केन्द्रीय समितिको बैठकले पाँच लाख क्रियाशील सदस्य पुर्‍याउने लक्ष्यका साथ चार महिने जनअभियान घोषणा गरेको छ ।

हरेक केन्द्रीय सदस्यका लागि अभियान्ताका रुपमा खटाएको छ । ‘घर तथा क्षेत्रपायक पर्ने गरी कार्यविभाजन गरिएको छ’ नेता मनिष सुमनले भने, ‘अभियानका क्रममा वडादेखि नै कमिटी गठन, पुनर्गठन हुनेछ । प्रशिक्षण गरेर पार्टीको नीतिबारे जानकारी गराइनेछ ।’

मंसिर मसान्तसम्म चल्ने अभियानको ९ भदौमा पार्टी अध्यक्ष उपेन्द्र यादवले औपचारिक रुपमा उद्घाटन गर्नेछन् ।

जेठ अन्तिममा जनकपुरमा भएको महाधिवेशनले यादवलाई सर्वसम्मत अध्यक्ष चयन गरेको थियो । केन्द्रीय सदस्य र पदाधिकारी छनोटको अधिकार आफैंले लिएर काठमाडौं आएका यादवले एक महिनापछि २१५ जना सदस्य र ९ जना कार्यकारिणी सदस्य चयन गरे ।

त्यसको अर्को महिना केन्द्रीय समिति बैठक राखेका उनले पदाधिकारीको लिस्ट पेश गर्न सकेनन् । सहअध्यक्ष, महासचिव लगायतका प्रमुख पदका आकांक्षीहरुबीच सहमति जुटाउन नसकेको नेताहरु बताउँछन् । ‘यसबारे निर्णय गर्ने अधिकार हामीलाई अध्यक्षलाई दिएका छौं । उहाँले छिट्टै गर्छु भन्नु भएको छ’, एक केन्द्रीय सदस्य भन्छन् ।

बैठकले अध्यक्ष यादवले बुँदागत रुपमा राजनीतिक एवं सांगठनिक प्रतिवेदन पेश गरेका थिए, जुन सुझावसहित पास भएको छ ।

राजनीतिक प्रस्तावमा यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी, समावेशी एवं समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय/जातीय पहिचानमा आधारित राज्यको संरचनाका लागि संविधाव संशोधनको माग अगाडि सारेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर