Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

मधेस सरकारकाे विरोधमा निकालिएको जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी

प्रतिक्षा खबर
२०८१ श्रावण २८, सोमबार १८:१४

 मधेसमा जम्बो मन्त्रीमण्डल विस्तार गरेको विरोधमा जनकपुरमा निकालिएको जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ ।  जसपा नेपाल निकट विद्यार्थीहरूले सोमबार निकालेको सिटी जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको हो ।

सिटी जुलुसमा सहभागी विद्यार्थीहरूले प्रहरी सुरक्षा घेरा तोड्दै जुलुस प्रदर्शन गर्न खोजेपछि विवाद भएको थियो ।

जनकपुरको भानु चोकबाट निकालिएको सिटी जुलुस नगर परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालयको मूल गेटसम्म पुगेको समाजवादी युवा संघ जनकपुरले जनाएको छ । मिल्स एरियामा प्रहरीले लगाएको सुरक्षा घेरा तोड्दा घम्साघम्सी भएको सङ्घका धनुषा जिल्ला अध्यक्ष दिपु कापरले बताए ।

उनका अनुसार जनमत नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै विद्यार्थीहरूको जुलुस सुरक्षा घेरा तोड्दै रेल्वे लिकसम्म पुगेको थियो । मधेस सरकार सङ्घीयता विरोधी गतिविधिमा लागेको भन्दै सो सङ्गठनले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

प्रदेश सरकारले एक साता अगाडि ८ राज्यमन्त्री थप्दै २० सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको थियो । जम्बो मन्त्रीमण्डल विस्तार गरिएपछि पछिल्लो समय चर्को आलोचना भइरहेको छ । यसअघि जसपा नेपाल निकट विद्यार्थीहरूले कुर्सी जुलुस समेत निकालेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर