• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जलेश्वरका वडाध्यक्षद्वयले पाए प्रमुख र उपप्रमुखको जिम्मेवारी


जलेश्वरका वडाध्यक्षद्वयले पाए प्रमुख र उपप्रमुखको जिम्मेवारी

जलेश्वर, असार ६ गते । भ्रष्टाचार आरोपमा प्रमुख र उपप्रमुख नै निलम्बनमा परेपछि जनप्रतिनिधि विहीन रहेको जलेश्वर नगरपालिकाले कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेको छ । नगरपालिकाले रवीन्द्र यादवलाई प्रमुख र रत्तन चौधरीलाई उपप्रमुखमा चयन गरेको हो ।
प्रमुखको जिम्मेवारी पाउनु भएका यादव वडा नं. ९ का वडा अध्यक्ष हुन भने उपप्रमुखको जिम्मेवारी पाउनुभएका चौधरी वडा नं. ३ का अध्यक्ष हुनुहुन्छ । बुधवार जलेश्वर नगरपालिकाको बोर्ड सदस्यहरूको बैठकबाट बहुमतीय प्रणालीले चयन गरेको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले जानकारी दिनुभयो ।
वैशाख २७ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाको नगरप्रमुख सुरेशप्रसाद साह र उपप्रमुख रौशन खातुन लगायत १२ जनामाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि सो पद रिक्त रहँदै आएको थियो ।
हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जलेश्वर नगरपालिकाबाट आ.ब. २०७९÷०८० मा सञ्चालित जलेश्वर नगरपालिका वडा नं. १ महोत्तरी बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पी.पी.सी. ढलान कार्यमा जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटाैं धिरेन्द्र झा , जलेश्वर नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सब–इन्जिनियर दीपेशकुमार साहले, कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीले पी.पी.सी. ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा पाँच लाख ८४ हजार ६३७ रुपियाँ बढी रकम भुक्तानी गरेपछि आयोगले मुद्दा दर्ता गरेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

७ असार २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रियो, चावहिल क्षेत्रमा प्रदर्शन

७ असार २०८१, बिहीबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

७ असार २०८१, बिहीबार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

७ असार २०८१, बिहीबार
Next Post
अमेरिकालाई हराउँदै भारत सुपर-८ मा

अनुभवी भारत र महत्त्वाकांक्षी अफगानिस्तान आपसमा भिड्दै

माओवादीको कारबाहीविरुद्ध गण्डकीका सांसद देवकोटाले दिए सर्वोच्चमा रिट


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh