Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

माओवादी केन्द्र ढुलमुले र अवसरवादी : जसपा नेपाल

प्रतिक्षा खबर
२०८१ जेष्ठ २९, मंगलवार २१:१२

२९ जेठ, जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले नेकपा माओवादी केन्द्रलाई कम्युनिष्ट–माओवादी नामको खोलभित्र रहेको विकृत निम्न पुँजीवादी चरित्रको पार्टी भएको आरोप लगाएको छ ।
नेकपा माओवादी केन्द्रको चिन्तन र व्यवहार माक्र्सवाद–लेलिनवाद र माओवाद नभई ढुलमुले, अवसरवादी चरित्रको रहेको भन्दै जसपा नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेको छ –‘यस पार्टीका नेता–कार्यकर्ता ठुल्ठूला भ्रष्टाचार, कमिशनतन्त्र र जग्गा दलालीमा लिप्त छन् । पछिल्लो कालखण्डमा नेकपा (माओवादी केन्द्र) विकृति र विसंगतिको केन्द्रको रूपमा स्थापित हुँदै गइरहेको छ ।’
जसपा नेपालको एकताको पहिलो राष्ट्रिय महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्र राजनीतिक रूपमा एमाले भन्दा कम नरहेको दावी गरिएको छ ।
माओवादी केन्द्रले १० वर्षे जनयुद्धमार्फत प्रारम्भिक कालमा भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्त्वपूर्ण योगदान गरेको प्रतिवेदनमा उल्लेख छ ।
कहिले एमालेसँग चुनावी तालमेल र पार्टी एकता गर्ने तर स्थायी एकता कायम गर्न नसक्ने, कहिले काँग्रेसँग गठबन्धन गरेर चुनाव लड्ने तर सरकार सञ्चालनमा स्वार्थप्रेरित किसिमले गठबन्धन फेरिरहने भन्दै जसपा नेपालले माओवादी केन्द्रको राजनीकि स्वभावलाई आलोचना गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर