Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

नरेन्द्र मोदीले जुन ८ मा शपथ लिने

प्रतिक्षा खबर
२०८१ जेष्ठ २४, बिहीबार १५:२५

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले जुन ८ मा अर्को कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)ले लोकसभा निर्वाचनमा २९३ सिट ल्याएको थियो । एनडीएले मोदीलाई गठबन्धनको नेता चयन गरिसकेको छ । शनिबारको शपथसँगै मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछन् ।
शपथ ग्रहण समारोहलाई भव्य बनाउन विदेशी अतिथिहरूलाई पनि बोलाइने बताइएको छ । बङ्गलादेश, भुटान, श्रीलङ्का र मरिशस लगायत देशका शीर्ष नेता आउन सक्ने भन्दै अमर उजालाले समाचार छापेको छ । औपचारिक निम्तो भने बिहीबार पठाइने तयारी गरिएको छ । यसअघि विश्वभरका ७५ नेताले मोदीलाई बधाई दिएका थिए ।
कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री मोदीले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग फोनमा कुराकानी गरेका थिए । मोदीले हसिनालाई आफ्नो शपथ ग्रहण समारोहमा उपस्थित हुन निम्तो गरेको र उनले स्वीकारेको पनि बताइएको छ ।
सोही क्रममा मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि फोनमा कुराकानी गरेका थिए । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गर्ने निश्चित भएको स्रोतले जनाएको छ ।
यसैबिच, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले पनि नरेन्द्र मोदीलाई जितको लागि फोन गरेर बधाई दिएको उनको मिडिया डिभिजन कार्यालयले बताएको छ । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपतिलाई आफ्नो शपथ ग्रहण समारोहमा निम्तो दिएका छन्, विक्रमासिङ्घेले निम्तो स्वीकार गरेका छन् ।
सन् २०१४ मा नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सात देशका नेताहरूलाई शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो । यसै क्रममा २०१९ मा दोस्रो पटक प्रधानमन्त्री बनेपछि उनको शपथ ग्रहण समारोहमा बिमस्टेक देशका नेताहरूलाई बोलाइएको थियो ।
बाइडेन, सुनक, पुटिनलगायतले दिए बधाई
अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजयी भएकोमा बधाई दिएका छन् । पुटिनले फोनमा मोदीलाई बधाई दिँदै विश्वव्यापी नेता भनेका छन् । अर्कोतर्फ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीलगायत विश्वका धेरै नेताले पनि मोदीसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् । अमेरिकाले सफल चुनावका लागि भारत सरकार र देशका जनताको प्रशंसा गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर