Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

गणतन्त्र दिवसका दिन १० हजार जनालाई काठमाडौँमा उतार्दै

प्रतिक्षा खबर
२०८१ जेष्ठ १२, शनिबार २१:२३

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गणतन्त्र दिवसको अवसर पारेर नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गर्दैछ । त्यसका लागि पार्टीले जेठ १५ गते काठमाडौँको भृकुटीमण्डपमा विशाल आमसभाको आयोजना गर्ने भएको हो ।
कार्यक्रमका लागि जनमत पार्टीका अध्यक्ष राउतले देशभरबाट पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई नेपाल आउन आह्वान गरेका छन् । पार्टीले कार्यक्रमको बारेमा सबैभन्दा बढी प्रचार काठमाडौँ उपत्यकामा गरिरहेको छ । यसका लागि अध्यक्ष राउत आफैँ पनि खटिएका थिए ।
बढीभन्दा बढी मान्छे काठमाडौँ उपत्यकाकै होस् भन्ने उनको लक्ष्य रहेको छ । प्रचार प्रसारका लागि पार्टीका नेता तथा कार्यकर्तालाई उनले परिचालन उनले गरेका छन् ।
कहाँ कहाँबाट काठमाडौँमा हुँदैछन् भेला ?
यद्यपि, उपत्यकाबाट मात्र नपुग्ने भएपछि बाहिरी जिल्लाबाट पनि नेता तथा कार्यकर्तालाई काठमाडौँ उतार्ने तयारी भइरहेको छ । यसमध्ये सबैभन्दा बढी मधेस प्रदेशबाट आउनेछन् ।
एउटा पालिकाबाट कम्तीमा एउटा बस अनिवार्य गरिएको छ । यसका लागि पार्टीले तल्लो कमिटीलाई निर्देशन दिएको छ ।
कार्यक्रममा सहभागी हुनका लागि जनमत पार्टीबाट लुम्बिनी प्रदेश तथा कोशी प्रदेशबाट पनि नेता तथा कार्यकर्ता ल्याइने बताइएको छ । लुम्बिनी प्रदेशका केही स्थानीय तह तथा कोशी प्रदेशबाट झापा, मोरङ र सुनसरीबाट पनि नेता तथा कार्यकर्ता ल्याउन निर्देशन भएको पार्टीका नेताहरू बताउँछन् ।
नौलो गणतन्त्रका लागि आन्दोलन घोषणा गर्न आयोजना गर्ने कार्यक्रमको तयारीका लागि जनमतले अध्यक्ष राउतको नेतृत्वमा एउटा मूल कमिटी बनाएको छ भने त्यसका विभिन्न १८ वटा उपसमितिहरू छन् । पार्टीका अनुसार कार्यक्रमको तयारी लगभग पुरा भएको छ ।
ती सबै समितिहरूले कार्यक्रमको तयारीमा जुटेको पार्टीका उपाध्यक्ष ई. दीपक साहले बताए । उनले भने, ‘कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ, जिम्मेवारी पाएकाहरू आ–आफ्नो तयारी जुट्नु भएको छ ।
कार्यक्रमका लागि नेता तथा कार्यकर्ताहरू काठमाडौँ आउन पनि सुरु भइसकेको साहको भनाई छ । कार्यक्रमका लागि स्वयंसेवक बनेका तथा पार्टीका पदाधिकारीहरू काठमाडौँ आइपुगेको उनले बताए ।
‘कार्यक्रममा सहभागी गराउनका लागि उपत्यकालाई लक्षित गरिएको हो । उपत्यका बाहिरबाट आउन भनिएको छ तर अनिवार्य भने गरिएको छैन,’ उनले भने, ‘पार्टी नेता तथा कार्यकर्ता जो कार्यक्रममा आउन चाहनुहुन्छ, उहाँहरू आफ्नै खर्च आउने आउनुहुन्छ । पार्टीले कुनै खर्चको व्यवस्था गरेको छैन ।
‘उठौँ, जागौँ–देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’, भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” ल्याऔँ’ भन्ने नारा दिएर आयोजना गर्न लागिएको आमसभामार्फत अध्यक्ष राउतले नौ बुँदे माग राख्दै आन्दोलनको घोषणा गर्ने छन् ।
अध्यक्ष राउतले जारी गरेको अपिलमा भनेका छन्, ‘अहिलेसम्म अरू नेता र पार्टीका लागि धेरै पटक आन्दोलन गर्‍यौँ, अब आफ्नो र आफ्नो सन्ततिको भविष्यको लागि देश विकास आन्दोलनमा सहभागी होऔँ ।
नयाँ व्यवस्था ल्याउन र निर्वाचन गराउनका लागि आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग गर्दै राउतले सरकार, पार्टी र शीर्ष नेताको संलग्नता र संरक्षणमा भएका भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिन गरेर सजाय दिन माग गरेका छन् ।
ह्विप नलाग्ने एकसदनात्मक व्यवस्था कायम गर्न माग गर्दै अध्यक्ष राउतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित निर्वाचन आयुक्त, महालेखा परीक्षक, महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख समेत निर्वाचनबाट चयन गर्न माग गरेका छन् ।
मन्त्री खारेज गरी प्रधानमन्त्रीद्वारा कार्यक्षेत्र विशेषज्ञताको आधारमा विशेषज्ञहरू नियुक्त गरेर विभागीय काम कारबाही गर्ने व्यवस्था गर्न उनको माग छ । त्यस्तै प्रदेशमा मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचनबाट गर्न र सांसदबाट मन्त्री पनि नराख्न माग उनले गरेका छन् ।
देशको उत्पादन प्रणाली निजी क्षेत्रको हातमा दिने तर राज्यले नियमन गर्ने र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकारहरूबाट कोही वञ्चित नहोस् भन्ने सुनिश्चित गर्न पनि उनले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर