Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

आरजु र सांसद मनिषबीच भनाभन

प्रतिक्षा खबर
२०८१ जेष्ठ ८, मंगलवार १४:३६

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद आरजु देउवा राणा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाबीच सामान्य भनाभन भएको छ ।
संघीय संसद भवनको बैठक हलमा जाने क्रममा आरजुले रास्वपा सांसद मनिषलाई भेटेर पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी थिइन् । मनिषले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, उनकी पत्नी आरजु र छोरामाथि समेत छानबिन गर्नुपर्ने माग गरेका थिए ।
आरजुले राजनीतिमा संलग्न नै नभएको आफ्नो छोरा जयवीरलाई किन मुछेको भनेर सोधेकी थिइन् ।
जवाफमा मनिषले जयवीरले जग्गा किनेको भनेर आएका समाचारतर्फ इंगित गर्दै यत्रो सम्पत्ति कहाँबाट आयो भनेर सोधेका थिए ।
आरजुले यस्ता गलत प्रचार नगर्न आग्रह गरिन् । मनिषले भने यदि गलत भए कानुनी उपचारमा जानुस् भन्ने जवाफ फर्काएका थिए ।
त्यसपछि भने आरजु रिसाइन् । उनले यस्तो रबिस (अनावश्यक/ बेकारको) कुरा नगर्नुस् भनेकी थिइन् । एक सांसदका अनुसार मनिषले भने यस्तो भाषा प्रयोग नगर्न आग्रह गरेका थिए ।
रास्वपा सांसद मनिषले पनि आरजु र आफ्नो सामान्य भनाभन भएको स्वीकार गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर