Advertisement
ताजा खबर
महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते

☰

आरजु र सांसद मनिषबीच भनाभन

प्रतिक्षा खबर
२०८१ जेष्ठ ८, मंगलवार १४:३६

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद आरजु देउवा राणा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाबीच सामान्य भनाभन भएको छ ।
संघीय संसद भवनको बैठक हलमा जाने क्रममा आरजुले रास्वपा सांसद मनिषलाई भेटेर पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी थिइन् । मनिषले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, उनकी पत्नी आरजु र छोरामाथि समेत छानबिन गर्नुपर्ने माग गरेका थिए ।
आरजुले राजनीतिमा संलग्न नै नभएको आफ्नो छोरा जयवीरलाई किन मुछेको भनेर सोधेकी थिइन् ।
जवाफमा मनिषले जयवीरले जग्गा किनेको भनेर आएका समाचारतर्फ इंगित गर्दै यत्रो सम्पत्ति कहाँबाट आयो भनेर सोधेका थिए ।
आरजुले यस्ता गलत प्रचार नगर्न आग्रह गरिन् । मनिषले भने यदि गलत भए कानुनी उपचारमा जानुस् भन्ने जवाफ फर्काएका थिए ।
त्यसपछि भने आरजु रिसाइन् । उनले यस्तो रबिस (अनावश्यक/ बेकारको) कुरा नगर्नुस् भनेकी थिइन् । एक सांसदका अनुसार मनिषले भने यस्तो भाषा प्रयोग नगर्न आग्रह गरेका थिए ।
रास्वपा सांसद मनिषले पनि आरजु र आफ्नो सामान्य भनाभन भएको स्वीकार गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर