Advertisement
ताजा खबर
जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा

मिथिला मध्यमा परिक्रमा कल्ना प्रस्थान

प्रतिक्षा खबर
२०८० फाल्गुन २८, सोमबार २०:०९

मिथिला माध्यमिकी परिक्रमा आज दोश्रो दिन भारत स्थित कल्नाको लागि प्रस्थान गरेको छ । पहिलोदिन आइतबार राति जनकपुरको हनुमाननगरमा बिश्राम गरेका परिक्रमा यात्री आज बिहानैदेखि कल्नाको लागि प्रस्थान गरेका हुन् ।
साधु सन्त, किशोरी तथा बिहारी जीको डोलाका साथमा हजारौ श्रद्धालु तथा भक्तजनहरुको टोली भारतको कल्ना जाँदै छन् । कल्ना पुगेपछि पोखरीमा स्नान गरी कल्याणेश्वर भगवानलाई पूजापाठ गर्नेछन् । र रात्रीकालीन बिश्राम पनि आज कल्नामा नै गर्नेछन् ।
त्यसपछि भोलि बिहानै परिक्रमा भारतकै गिरिजा स्थान फुलहर प्रस्थान गर्नेछन् ।
आइतबार बिहान धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागर स्थित मठबाट रामजानकीको डोलालाई विधिवत रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा प्रारम्भ हुने गर्दछ ।
भोली गिरिजास्थान, फुलहर हुँदै मठिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, बिशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिनमा परिक्रमा टोली जनकपुर आउनेछन् । त्यसपछि जनकपुरमा अन्तरगृह परिक्रमासँगै परिक्रमा समापन हुनेछ । त्यसको भोलिपल्ट जनकपुरमा होली खेल्ने समेत परम्परा रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर