Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

अमेरिकाले गर्‍यो रुसमाथि थप ५०० भन्दा बढी प्रतिबन्धको घोषणा

प्रतिक्षा खबर
२०८० फाल्गुन ११, शुक्रबार १९:५०

११ फागुन, युक्रेनविरुद्ध युद्ध छेडेको र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको हिरासतमा मृत्यु भएको घटनालाई लिएर अमेरिकाले रुसमाथि थप ५०० भन्दा बढी प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यी प्रतिबन्धहरू आर्कटिक सर्कल जेलमा नाभाल्नीको मृत्यु भएको एक हप्तापछि घोषणा गरिएको हो ।
राष्ट्रपति जो बाइडेनले नाभाल्नीको जेल सजायका लागि जिम्मेवार र रुसी सेनासँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरेर प्रतिबन्ध लगाइएको घोषणा गरे । यसअन्तर्गत करिब एक सय कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ ।
राष्ट्रपतिले विज्ञप्ति जारी गरेर भनेका छन् कि यी प्रतिबन्धहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमण र देशमा गरेको दमनको लागि ठूलो मूल्य चुकाउनु पर्ने निश्चित गर्नेछ ।
युरोपेली संघले रुसलाई हतियार खरिद गर्न सहयोग गरेको आरोपमा २०० कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
यसको जवाफमा रुसको विदेश मन्त्रालयले रुस प्रवेशमा प्रतिबन्ध लगाइएको ईयूका अधिकारी र नेताहरूको सूची विस्तार गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर