Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

अरुण चौधरीलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रतिक्षा खबर
२०८० माघ २२, सोमबार १८:१२

२२ माघ, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
थप अनुसन्धानका लागि चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई १८ माघमा पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । त्यसक्रममा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो ।
यो अवधिमा प्रहरीले तीनै जनाको बयान सकेको छ । तर, थप अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले फेरि अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिएको थियो ।
बयानका क्रममा चौधरीले कानूनी विपरित भए आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका थिए । तत्कालीन बाँसबारी कारखानाका अध्यक्ष थापाले पनि आफूले गरेको निर्णय कानून विपरित भएको थाहा नभएको बताएका छन् । ‘कानून विपरित हो भन्ने भएको भए निर्णय गर्ने थिइनँ’, ८० वर्षीय उनले भनेका छन् ।
यो प्रकरणमा पक्राउ परेका तीनै जनालाई स्वास्थ्य कारण देखाउँदै ग्राण्डी अस्पतालमा राखिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पत्रकार सम्मेलन गरेर तीन महिना लामो अनुसन्धानपछि चौधरीले १० रोपनी जग्गा हिनामिना गरेको देखिएको दाबी गरेको थियो ।
ब्यूरोले संकलन गरेको कागजात र प्रमाणका आधारमा उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले बताएका छन् । प्रहरीका अनुसार, चौधरी समूहले ०४३ सालयता श्रृंखलाबद्ध रुपमा निर्णयहरु गरेर बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हत्याएको अनुसन्धानबाट देखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर