Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

हराएको सीमा स्तम्भ पुनः गाड्दा नेपालीको खेतबारी भारतमा

प्रतिक्षा खबर
२०८० माघ ९, मंगलवार १९:२५

शैलेन्द्र महतो
९ माघ, जनकपुरधाम । गत कार्तिकमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–५ का ५१ वर्षीय रामबुझाउन यादव घरनजिकै आफन्तको घरमा थिए ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) का दुई जवान उनलाई खोज्दै घरमा आए । कसैले सुनाइदिए, ‘तपाईंलाई त एसएसबीले खोजिरहेको छ ।
‘मैले केही गरेकै छैन, मलाई एसएसबीले किन खोजिरहेको छ’ रामबुझाउन डराउँदै घर फर्किए ।
एसएसबीका जवानले सोधे, ‘दशगजा (दुई देशको सीमाको बीचमा पर्ने खाली क्षेत्र) मा भएको धानखेत तपाईंको हो ?
रामबुझाउनले हो भनेपछि उनीहरुले तुरुन्तै धान काट्न आग्रह गरे । भर्खर धानको बाला लाग्न थालेको थियो । रामबुझाउन धान पाकेपछि काटौंला भने । तर, एसएसबीका जवानले तत्कालै काट्नुपर्ने बताए ।
रामबुझाउनको चारकठ्ठा जग्गाको करिब १० फिट टाढा नेपाल–भारतबीचको २८९ नम्बर सीमा स्तम्भको २ नम्बर सहायक पिलर छ । त्यो चार कठ्ठामध्ये रामबुझाउनको नाममा २ र उनकी श्रीमती तेतरी देवी यादवको नाममा २ कठ्ठा छ ।
एसएसबी घरमा आएकै दिन रामबुझाउनले राम्ररी नपाकेको धान काटे । ‘अब त्यति जग्गा छाडेर नै खोतीपाती गर्न भनेका छन् । हाम्रो प्रहरी केही बोल्दैन । उनीहरुसित लडेर पनि सम्भव छैन’, उनको गुनासो छ ।
रामबुझाउनले त्यति जग्गामा अब खेती नलगाउने निधो गरेका छन् ।
नेपाल भारतबीचको दशगजा भएर बग्ने जमुनी नदीले दुई दशकअघि धार परिवर्तन गरेको थियो ।
त्यस बेला केही सीमा स्तम्भहरु हराएका थिए । २०७५ सालतिर धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल र भारत विहार राज्यका मधुवनी जिल्लाका बीएम, दुबै देशका सीमा सुरक्षा बल सशस्त्र प्रहरी र भारतका एसएसबीसहितको टोलीले प्राविधिकबाट नापजाँच गरेर सीमा स्तम्भ गाडेका थिए ।
साविकको भन्दा नेपालतर्फ ५० देखि १०० मिटर भूमि मिचेर सीमास्तम्भ गाडेको स्थानीयको गुनासो छ । सीमा स्तम्भ गाड्ने बेला रामबुझाउनले थाहै पाएनन् ।
‘पिलर गाडेको मलाई थाहै भएन । थाहा पाएपछि मैले गाउँका अगुवाहरुलाई सोध्दा धेरैले जहाँ जहाँ मन लाग्यो त्यहाँ त्यहाँ गाडिदिए भने’, रामबुझाउन बिगत सुनाउँछन् ।
गाउँका अगुवाहरुले, ‘केही फरक पर्दैन, आफ्नो जग्गा जोतभोग गरे भइहाल्यो’, भने । अहिले अचानक एसएसबीले यो दशगजा हो, खनजोत नगर्नू भनेपछि रामबुझाउन निराश छन् ।
‘त्यतिबेला मेरो नम्बरी जग्गामा च्यापेर पिलर गाड्यो । अहिले नम्बरी जग्गामा खनजोत गर्न एसएसबीले रोक लगायो । यो त अन्याय नै हो नि !’ उनी दुखेसो पोख्छन् ।
रामबुझाउनकै उक्त चार कठ्ठाको सय मिटर उत्तरतर्फ रहेको १२ कठ्ठामध्ये ३ कठ्ठा जग्गा अहिले भारतीय भूमिमा परेको छ । यो १२ कठ्ठामध्ये रामबुझाउनको नाममा ६ र उनको भाइ बेचनको नाममा ६ कठ्ठा छ । भारततर्फ परेको तीन कठ्ठा रामबुझाउनले जोतभोग गर्नुका साथै मालपोत पनि तिर्दै आएका छन् ।
‘सीमास्तम्भ नै भित्र च्यापेर गाडिदिएपछि मेरो जग्गा उतातिर परेको हो । मैले उब्जाउने गरेको छु । अहिलेसम्म एसएसबीले रोकेका छैनन् । अब कुन दिन यो जग्गा पनि खनजोत नगर भनेर रोक्न बेर छैन’, रामबुझाउन भन्छन् ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका–५ का पूर्ववडाध्यक्ष राम नरेश यादवले नापनक्सा र सीमा स्तम्भ गाड्ने बेला नेपालको प्रशासन कमजोर हुँदा थुप्रै स्थानमा भूमि अतिक्रमण भएको बताए ।
‘त्यति बेला दुबै देशका प्रशासनले नेपाली गाउँदेखि नापी गरेर सीमासम्म कायम गर्‍यो । नेपाली प्रशासन लुज हुँदा नेपाली भूमि अतिक्रम जगेरै सीमा स्तम्भ गाड्ने काम भयो’, उनले भने ।
वडा नं १, ५ र ६ का गरी ४० भन्दा बढी किसानको १ देखि ५ कठ्ठासम्म जग्गा भारतीय भूमिमा परेको उनले बताए । ‘लालपूर्जा हुँदा पनि जग्गा भारतमा पर्दा खनजोत गर्न पाएका छैनन्’, पूर्ववडाध्यक्ष यादवले भने ।
२०२६ सालमै सीमा क्षेत्रको जग्गा नापजाँच गरेर लालपूर्जा बाँडिएको थियो । त्यस बेलादेखि स्थानीयले आफ्नो जग्गाको कर तिर्दै आएको स्थानीय धर्मेन्द्रकुमार यादव बताउँछन् । २०७५ सालमा पिलर गाड्ने बेला आफूले जोतभोग गरेको भूमि मिचिएको देखेपछि स्थानीयले विरोध पनि गरे । तर नेपाल र भारतका उच्च सरकारी अधिकारीबीच सहमति भइसकेकाले उनीहरुको विरोधको अर्थ रहेन ।
‘नम्बरी जग्गामा पिलर गाड्न खोज्दा एउटामा हामीले अवरोध गर्‍यौं । तर जबर्जस्ती यता र उताको प्रशासनले हाम्रो वास्ता नगरी गाड्यो । हाम्रो प्रशासन नै उसको साथमा थियो । त्यसैले हामी पनि केही गर्न सकेनौं’ अर्का स्थानीय हरिश्चन्द्र यादवले भने ।
धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे भने दुई देशको उच्च अधिकारीको सहमतिमा प्राविधिक टोलीले नापजाँच गरेर सीमा स्तम्भ गाडेको बताउँछन् ।
‘दशगजामा उब्जाउने खेत, घर टहरा भर्खरै खाली गराउने काम भएको छ । दशगजामा कसैले केही गर्न पाउँदैन’ प्रजिअ पाण्डे भन्छन् ‘पब्लिकले भन्छन् मेरो उता पर्‍यो भनेर तर अब त समाधानै छैन । अब जनताले भन्दै गर्ने हामी सुन्दै गर्ने । त्यत्ति हो
पुस २३ गते सीमा मिचिएको स्थलको निरीक्षणमा धनुषा क्षेत्र नं. ३ की सांसद जुलीकुमारी महतो पुगेकी थिइन् । उनले नेपाली प्रशासन र नापीका कर्मचारीको त्रुटी देखिएको बताइन् ।
‘२०७९ साउनमा नापी कार्यालयसँग कागजात माग गर्दा त्यसमा लेखेरै दिएको छ कि यो भारतीय जग्गा हो भनेर । जबकी लालपूर्जा नेपाली छ, कर तिरिरहेका छन् । सरकारकै कमजोरीले यो सब भएको हो’, उनले भनिन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर