Advertisement
ताजा खबर

महिला बनेर खतरनाक अपराधी कारागारबाट भाग्न खोजे

प्रतिक्षा खबर
२०८१ भाद्र ३, सोमबार १८:१२

ब्राजिल । ब्राजिलको फोर्टालेजा कारागारमा रहेका दुई जना खतरनाक अपराधी महिलाको भेष बदलेर जेलबाट भाग्ने प्रयास गरेका छन् । उनीहरूले कैदीका परिवारले भेट्ने समयमा त्यहाँबाट निस्कने प्रयास गरेका हुन् ।

फ्रान्सिस्को अटिला र कार्लोस एन्टोनियो सिएरा नामक आपराधिक समूहका सदस्य हुन् । उनीहरूमाथि लागु औषध तस्करी, लुटपाट र हत्याको आरोप छ । कारागारबाट महिला बनेर भाग्ने प्रयास गरे पनि उनीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

दुई कैदीले सेतो टिसर्ट, गुलाबी स्कर्ट, कालो नक्कली कपाल लगाएर त्यहाँ अन्य कैदीलाई भेट्न आएका परिवारका सदस्यसँगै काराकारबाट निस्कने खोजेका थिए । तर, कारागारका सुरक्षाकर्मीले उनीहरूलाई चिनिहाले । कारागार बाहिर कदम राख्न अघि नै उनीहरूलाई पक्राउ गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर