Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

द्वन्द्वमा रुमल्लिएको वर्ष २०२३

प्रतिक्षा खबर
२०८० पुष १४, शनिबार २०:०७

काठमाडौं । विश्वव्यापी द्वन्द्वको सन्दर्भमा हेर्दा सन् २०२३ विभिन्न युद्धमा रुमल्लिएको छ । पूरै विश्वलाई प्रभाव पार्ने गरी पश्चिम एशियादेखि दक्षिण अमेरिकासम्म युद्ध भएका छन् ।
जारी विभिन्न युद्धलाई नियाल्दै संसार तेस्रो विश्वयुद्धको संघारमा रहेको चर्चा समेत हुने गरेको छ ।
रुस–युक्रेन युद्ध यस वर्षभर नै जारी रह्यो । यो वर्षको उत्तरार्धतिर इजरायल र हमासबीच युद्ध भइरहेको छ ।
अर्मेनिया र अजरबैजानबीच पनि यसै वर्ष पुनः द्वन्द्व भयो । भेनेजुएला र गुएनाबीच पनि द्वन्द्व निम्तियो ।

इजरायल-हमास युद्ध

यस वर्षको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १४ जनाको ज्यान लियो । त्यसको प्रतिवादमा इजरायलले प्यालेस्टाइन क्षेत्रमा हमास केन्द्रित आक्रमण गर्दा त्यहाँ २० हजारभन्दा बढीको ज्यान गइसकेको छ । ज्यान जानेमा निहत्था नागरिक र बालबालिका बढी रहेको भन्दै इजरायलले आलोचना भइरहेको छ । मानवीय संकट निम्तिँदा समेत इजरायलले बर्बरता नरोकेको भन्दै अरब राष्ट्र आक्रोशित छन् । इजरायलले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप उनीहरुको छ ।
यो युद्ध स्थगनको संकेत अझै देखिएको छैन । युद्ध समाधानका निम्ति राष्ट्रसंघीय सुरक्षा परिषदमा पेश गर्न लागिएको मस्यौदाको भाषामा अझै पनि मतभेद छन् ।
प्यालेस्टाइन क्षेत्रमा गहिरिँदो मानवीय संकटलाई मध्येजनर गर्दै हमला रोक्न अन्तर्राष्ट्रिय समुदायले गरेको अपिललाई बेवास्ता गर्दै इजरायलले कारबाही जारी राखेको छ ।
गएराति मात्रै लाखौं इजरायलले प्यालेस्टाइन रहेका रफा क्षेत्रमा हमला गर्दा २० जनाले ज्यान गुमाएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको सफायालाई आफ्नो राजनीतिक अस्तित्वसँग जोडेकाले यो विषय थप जटिल र पेचिलो बन्दै गइरहेछ ।

रुस-युक्रेन युद्ध
सन् २०२२ देखि सुरु भएको रुस–युक्रेन युद्ध सन् २०२३ भर नै जारी रह्यो । सन् २०२२ को जाडोयाममा युद्ध केही सुस्ताएको थियो । तर अमेरिकाले युक्रेनलाई साथ दिँदा युद्ध फेरि जुर्मुरायो । राष्ट्रसंघका अनुसार युद्धमा एक लाखभन्दा बढी मानिस ज्यान गुमाएका छन् ।
पश्चिमा राष्ट्र तथा त्यस गठबन्धनका सहयोगीको सम्पूर्ण ध्यान रुस र युक्रेन युद्धमा केन्द्रित थियो । युद्धका कारण उनीहरुले घरेलु राजनीतिमा भन्दा पनि अन्तर्राष्ट्रिय मामिलामा बढी समय खर्चिनुपर्यो । युक्रेनलाई आर्थिक तथा सैन्य सहायताका लागि उनीहरुको सम्पूर्ण शक्ति केन्द्रित हुन पुग्यो । युद्धमा दुबै पक्षको ठूलो हताहती भए पनि यसलाई पुटिन र पश्चिमा मलुकले प्रतिष्ठाको विषय बनाएकाले युद्ध अन्त्यको छाँट छनक अझै देखिएको छैन ।

अरमेनिया-अरजरबैजान द्वन्द्व

अरमेनिया र अजरबैजानबीच नागोरनो र कराबख क्षेत्रलाई लिएर लामो समयदेखि विवाद कायमै छ । सन् २०२० को युद्धविराम सम्झौता भंग गर्दै त्यहाँ द्वन्द्व भएको थियो । दुई दिनसम्म भएको भिडन्तमा १०० जना भन्दा बढीले ज्यान गुमाए ।
अजरबैजानले विवादित भूमि आफ्नो नियन्त्रणमा लिएको थियो । सन् २०२३ मा बाकुले त्यहाँ चेकपोइन्ट राख्ने निर्णय लियो । अरमेनियामा हतियार गइरहेको हुनसक्ने भन्दै त्यसलाई रोक्न उसले सैन्य चेकपोइन्ट राखेको थियो ।
दुई मुलुकबीच नागोरो र कराबख क्षेत्रलाई लिएर भएको विवाद समाधानका लागि युरोपेली युनियन, अमेरिका र रुसले पहल गरेका थिए । अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै अरमेनियाको भूभागमा विवाद नगर्न अजरबैजानलाई सजग गराएको थियो । त्यहाँ रहेका आदिवासीको अधिकारको सम्मान गर्न पनि उसले अजरबैजानलाई भनेको थियो ।
दुई मुलुकबीचको द्वन्द्वमा अजरबैजानलाई रुस र टर्कीको साथ थियो भने अरमेनियालाई अमेरिका र बेलायतको ।
युद्ध रोक्न विभिन्न तहबाट कूटनीतिक प्रयत्नका बाबजुद त्यहाँको सुरक्षा अवस्थामा फेरबदल आएन ।
नागोरनो र कराबखको सम्पूर्ण विवाद १ जनवरी २०२४ भित्र समाधान गरिसक्ने सम्झौता पनि दुई मुलुकबीच भएको छ । विवाद समाधान हुने हो वा द्वन्द्वले नयाँ रुप लिने हो भन्ने अन्यौल अझै छ ।

भेनेजुएला र गुएना

अमेरिकाले विश्वभरका द्वन्द्व सम्हाल्न खोजे पनि अमेरिकी महादेश पनि उसले सोचेझैँ सुरक्षित छैन । दक्षिण अमेरिकी क्षेत्रको सुरक्षामा भेनेजुएलाका राष्ट्रपति निकोशल मडुरोको महत्वाकांक्षाले चुनौती थपिदियो । इसिक्युबो क्षेत्रको विवादलाई लिएर गुएनालाई नै भेनेजुएलामा गाभ्ने महत्वाकांक्षी योजनामा मडुरो अघि बढे ।
इसिक्युबो क्षेत्रमा पेट्रोलियम पदार्थको प्रशस्त भण्डारण रहेकाले दुई मुलुकले यसमा विवाद गरिरहेका छन् । भनेजुएलाका मानिसहरु नियोजित ढंगले यस क्षेत्र भेनेजुएलाबाट खोसिएको विश्वास राख्छन् ।
सन् २०२४ मा फेरि चुनाव लड्ने योजनामा रहेका मडुरोले जनताको यही भावनालाई पक्रेर इसिक्युबोलाई चुनावी मुद्दा बनाएका छन् । डिसेम्बरभित्र यस इलाकालाई लिएर जनमत संग्रहको तयारी भइरहेको छ । जनमत संग्रहको नतिजाले मडुरोलाई गुएना गाभ्ने अनुमति दिनेसक्ने र उनले गुएनामा हमला गर्न सक्ने भन्दै गुएना र ब्राजिलका सेनाहरु उच्च सतर्कतामा रहेका छन् ।
–एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर