Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

थमन बिक हत्या प्रकरणमा लोसपा नेता शर्मासहित ७ जनालाई जन्मकैद, लक्ष्मीले पाए सफाई

प्रतिक्षा खबर
२०८० मंसिर २८, बिहीबार १९:१९

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले लोसपा संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । यस्तै नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोसहित दुईजनालाई सफाई दिएको छ ।
२५ भदौ २०७२ मा भएको असई बिक हत्या प्रकरणमा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
आज जिल्ला अदालत महोत्तरीको न्यायाधीश उद्धव प्रसाद भट्टराईको दुई नम्बर इजलासले आज अन्तिम फैसला सुनाएको छ । अदालतकी श्रेष्तेदार नुतन झाले दिएको जानकारी अनुसार अभियुक्तहरु अभिराम शर्मा, संजय कुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डे जन्मकैद फैसला आएको छ । अभिराम शर्मा हाल लोसपा संसदीय दलका नेता हुन् । रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्व मेयर हुन् । यी दुईसहित चारजना तारेखमा छुटेका थिए ।
यस्तै लक्ष्मी महतो कोइरी र पवन कापर सफाई पाएका छन् । एम्बुलेन्सको आगजनी मुद्दामा पनि दुबैजनाले सफाई पाउने फैसला भएको श्रेस्तेदार झाले बताइन् ।
फरार रहेका प्रतिवादीहरुको हकमा मुल्तवी गरिएको छ । लक्ष्मी महतो यो मुद्दामा म्याद गुजारेर फरार रहेका थिए भने पवन कापर पुर्पक्षका लागि जेलमा छन् ।
सो मुद्दामा तीनजना पुर्पक्षका लागि थुनामा छन् भने चारजना तारेखमा रिहा भएका थिए । दुईजना तारेख गुजारेर बसेका छन् । १९ जना भने फरार रहेका छन् ।
कर्तव्य ज्यान मुद्दामा संदीप साह माझी, संजय कुमार साह र पवन कापर अदालतको आदेशमा पूर्वक्षका लागि थुनामा छन् ।
त्यस्तै लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र राय साधारण तारेखमा छुटेका थिए । ।
यो मुद्दाका अभियोगीहरु रमेश प्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, सम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार छन् ।
मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन बिकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए । घाइते बिकलाई जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा उनको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर