Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहान हरिपुरमा संचालन

प्रतिक्षा खबर
२०७६ फाल्गुन १७, शनिबार ०८:३९

महेश सिंह ,सिरहा १७ फागुन ।
लहान नगरपालीका १७ मा चार युवाको समूहमा एएस पेलेट फिड्स (हयाचरी) अढाई करोडको लागतमा संचालनमा ल्याएका छन् । युवाहरुको यस समूहले फागुन १६ गते उद्घाटन गरी संचालनमा ल्याएको ह्याचरीमा बिभिन्न किसिमका कुखुरा र हाँसको चल्ला उत्पादनका साथै आधुनिक तरिकाले पोषणयुक्त दाना उत्पादन गर्ने प्रविधिक सुजनकुमार ठाकुरले बताए । ठाकुरका अनुसार कुखुराको बिभिन्न प्रजातिका साथै टर्की, लोउक्ट, तितिर, हाँस ,लोकल कुखुरा,कडक नाथ, फाइटर, बटाइ माग अनुसारको उपलब्ध गराउँने व्यवस्था रहेकोे छ ।
लहान नगरपालिका वडा नम्वर १७ हरिपुरका युवाहरु अढाई करोडको लागतमा संचालन गरिएको सो उद्योगमा राजलाल ठाकुर, अर्जुनकुमार यादव, सुरज चौकरी र शंकरप्रसाद साहको संयुक्त लगानी रहेको छ । प्रदेश २ कै नमुनाको रुपमा रहेको यस उद्योगले प्रति घण्टा १५ क्वांटल दाना उत्पादन गरिदैछ । लहान १७ का युवाहरु यसरी उद्योग खोलेर अघि बढिरहेको छ । यसले समाजको शिर उच्चो पारेको खुसी हुँदै वडाध्यक्ष प्रथमलाल चौधरीले शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले युवाहरु विदेश पलायन भइरहेको अवस्थामा यस्तो नमुना काम गरेर गाउँमै रोजगारीको बाटो खोलेको छ । यसको लागि सरकारले लगनशिल युवाहरुले संचालन गरेको उद्योगलाई सरकारले अनुदान दिनुपर्ने बताए । बजारमा गुणस्तरहीन नक्कली दाना व्यापक छ । यसले किसानहरु समस्यामा पर्दै आएकोले आफ्नै गाउँठाउँमा सजिलो र सुल्भ पशु अहारको लागि यो उद्योग संचालनमा ल्याएको संचालक शंकर साहले बताए । उद्घाटन कार्यक्रममा सन्तोष यादवको टिमले सांस्कृतिक मंचन गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर