सर्लाहीको मलंगवाबाट जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा धनुषा घर भएर हाल मलंगवामा बस्दै आइरहेका दुई जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मलंगवामा रहेको श्री सन्त अल्प माई राम नारायण नर्सिङ कलेजमा अध्यनरत दुई जना छात्रले आफू माथि ति पुरुषहरुले आफ्नो कोठामा पार्टी गरेर मदिरा खुवाई लट्ठ पारि जबरजस्ती करणी गर्ने प्रयास गरेको जाहेरी दर्ता गराए पछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहिका सूचना अधिकारि दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो।
घटनागत भाद्र ३० गतेको रहेकामा पिडित युवतीहरुले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकि थिइन्। सर्लाही भन्दा बाहिर घर रहेको र उनीहरु हाल पढाईको शिलशिलामा मलंगवामा बस्दै आइरहेकी थिइन्।
पिडित पक्षका अनुसार यस घटनामा दोषीलाई कारवाही नगर्न बिभिन्न दबाब आइरहेका बताएइको छ। प्रहरीले पनि अहिले तीन जनाको नाममा किटानी जाहेरी दिएकामा दुई जनालाई मात्र पक्राउ गरेको र अर्का एक जनालाई फरार सूचीमा राखेको पिडित पक्षले जनाएका छन्। पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको सूचना अधिकारि थारुले जानकारी दिनु भयो।






