Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

महोत्तरीको जलेश्वरबाट लागूऔषध गाँजासहित दुईजना पक्राउ

प्रतिक्षा खबर
२०८० आश्विन ३, बुधबार २१:४१

गोपाल झा

 महोत्तरी , असोज ३ गते

महोत्तरीको सदरमुकाम जलेश्वर बजारबाट प्रहरीले दुई क्विन्टल भन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान करीब ८ बजे जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटीगएको प्रहरी टोलिले जलेश्वर नगरपालिका-१ स्थित जलेश्वरको मुटु मानिने जलेश्वरनाथ महादेब मन्दिर नजिकबाट दुई क्विन्टल १० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बा.प्र.०१-०२६ च ४९२१ नम्बरको पिकप गाडीमाथि शङ्का लागि चेकजाँच गर्दा लुकाई छिपाई राखिएको १४ पोकामा अन्दाजी दुई क्विन्टल १० किलो लागू औषध गाँजा बरामद भएको हो ।

चौघ वटा पोकामा लागूऔषध गाँजा बरामद भएपछि गाडी सहित सहचालक धादिङ जिल्ला थाक्रे गाउँपालिका- ७ बस्ने वर्ष २३ को जीवन तामाङ र महोत्तरी जिल्ला जलेश्वर नगरपालिका- ७ बस्ने वर्ष २५ को सुरेन्द्र दासलाई नियन्त्रणमा लिइएको महोत्तरी प्रहरी जनाएको छ ।

पिकअप भित्र गाडीको बीचमा १४ वटा पोकामा राखिएको गाँजा चारै तिरबाट मिनिरल वाटरको पोकाले छोपिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक गिरीले बताएका हुन् ।

पानी बोकेको पिकअपको चालक र सहचालकको गतिविधि शङ्कास्पद देखिएपछि मिनिरल वाटरको काटुर्न हटाएर हेर्दा गाँजा बरामद भएको प्रहरीले बताएका छन् ।

पिकअप  गाडी, पानीको कार्टुन र गाँजासहित चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरी बताएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर