• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साह


bardibas-medical-college

गोपाल बराल

बर्दिबास : आफ्नो ठाउँमा मेडिकल कलेजको निर्माण प्रक्रियाले गति लिएपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार निर्माण प्रक्रिया एकपछि अर्को चरणमा अघि बढेपछि यहाँ उत्साह छाएको हो ।

कलेज निर्माणको प्रक्रियामा भर्खरै वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) सम्बन्धी मस्यौदामा सरोकारवालाको सुझाव सङ्कलनको काम सकिएको छ । अहिलेसम्म प्राप्त सबै सुझाव भवन निर्माणका लागि प्रस्ताव गरिएको बर्दिवास–४ माइस्थान क्षेत्र उपयुक्तहुने नै सुझाव आएका मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयले जनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक हजार श्ययाको अस्पतालसहित कलेज भवननिर्माण गर्न प्रस्ताव गरेको माईस्थानको १०१ हेक्टर क्षेत्रफलको जग्गामा संरचना निर्माण प्रयोजनको माटो परीक्षणको कामसमेत विज्ञले सम्पन्न गरेका कार्यालय प्रमुख उपसचिव देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

“अब कलेजको भौतिकपूर्वाधार निर्माणको चरणमा प्रवेश पक्का भयो, भर्खरै गत साता इआईए मस्यौदामा सरोकारवालाको सुझाव सङ्कलनको काम सकिएको छ” उहाँले भन्नुभयो, “विज्ञटोलीले भौतिकपूर्वाधार निर्माण प्रयोजनको माटो परीक्षणको प्रतिवेदन मन्त्रालयमा दिइसकेको हुँदा अब प्रक्रिया विस्तृत कार्ययोजना प्रस्ताव (डिपिआर) तयार गर्ने चरणमा प्रवेश गरेको छ ।” कलेजको भौतिकपूर्वाधार निर्माणका लागि वन तथा भू–संरक्षण मन्त्रालयको औपचारिक स्वीकृति पत्र लिने काम प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।

भौतिकपूर्वाधार निर्माणको चरण प्रवेश गरिना साथ पहिलो चरणमा तत्काल ८.३५ हेक्टर क्षेत्रफलमा भौतिक संरचना विस्तार गरिने र यस क्रममा प्रस्तावित क्षेत्रका ३०० रुख कटान गरिने इआईएप्रति वेदनमा उल्लेख छ । विगतका खयरमारा, माईस्थान, गौरीवास, बर्दिवास, हाथीलेट, बिजलपुरा, किसाननगर र पशुपतिनगरसहतिका गाविस (हालबर्दिवास नगरपालिकामा गाभिएका) मात्र नभएर जिल्लाकै भङ्गाहा, औरही, रामगोपालपुर र गौशाला एवं छिमेकको धनुषा जिल्लाको मिथिलानगरपालिका क्षेत्रमा पनि बर्दिवासमा मेडिकल कलेज स्थापनाको कुराले उत्साह थपेको छ ।

“बर्दिवास हाम्रो दैनिकप्रयोजनको बजार नै हो, हामीले समेत सेवा लिइरहेका सरकारी कार्यालय बर्दिवासमा छन्”, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले भन्नुभयो, “बर्दिवासमा बन्ने मेडिकल कलेजले जिल्ला मात्र नभएर ओरपरका सबै जिल्ला विभिन्न क्षेत्रबाट लाभान्वित हुनेछन्, मुख्यतः शैक्षिक प्रसारले नै राम्रो गति लिनेछ ।” पश्चिममा पर्सादेखि पूर्वमा सप्तरीसम्मको प्रदेश नं २ को करीब मध्यभेगमा बर्दिवास पर्ने हुनाले प्रत्येक प्रदेशमा एक मेडिकल कलेज स्थापनाका लागि सरकारले यहाँ उचित ठाउँ छनोट गरेको छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिकाका उपप्रमुख तारा बस्नेत बताउनुहुन्छ ।

त्यसैगरी बर्दिवाससँगै सीमा जोडिएको सर्लाहीको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले बर्दिवासमा मेडिकल कलेज सञ्चालन हुनासाथ आपूmकहाँ त्यसको सकारात्मक सन्देस प्रवाह हुने बताउनुभयो । सरकारले आर्थिक वर्ष २०७३÷७४ मा प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने नीति बनाएअनुसार २०७५ साल फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले कलेज स्थापनाका लागि कार्यालय खोल्ने सहमति दिएपछि बर्दिवासमा गत वैशाख १८ गते नै बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार निर्माण विकास आयोजना कार्यालय स्थापना भएर अहिले सञ्चालनमा छ ।

सङ्घीय सरकारले कलेजका लागि गत आर्थिक वर्ष २०७५÷७६ र चालू आब २०७६÷७७ मा रकम विनियोजन गरेको छ । कार्यालयका प्रमुख सुवेदीका अनुसार गत आर्थिक वर्ष २०७५÷७६ र चालु आव २०७६÷७७ मा गरी कलेज पूर्वाधार विकासका लागि करिब रु १० करोड ८७ लाख विनियोजित रहेको छ ।

कलेजले यसै रकमबाट कलेज पूर्वाधार निर्माणका प्रारम्भिक काम (कार्यालय सञ्चालन, इआईए प्रतिवेदन, माटो परीक्षण, विस्तृत कार्य योजना प्रस्तावसहित) मा खर्च गरिरहेको छ । कलेजको भौतिकपूर्वाधार निर्माण प्रक्रियाको पाटोमा अहिले मन्त्रालयबाट मास्टरप्लान स्वीकृत भई विस्तृतकार्य योजना प्रस्ताव (डिपिआर) बनाइने चरणमा पुगेको कार्यालय प्रमुख सुवेदी बताउनुहुन्छ ।

सबै भौतिक पूर्वाधार निर्माण र सञ्चालनसम्म पुग्दा अनुमानित रु १५ अर्ब खर्च हुने अनुमान गरिएको सुवेदीको भनाइ छ । बर्दिवासमा मेडिकल कलेजको कामले गति लिएसँगै बजार विस्तार र नयाँ घर बस्ने क्रम पनि ह्वात्तै बढेको छ । खासगरी बर्दिवासका वडा नं १, २ , ३ र १४ बाहेक यसअघि खासै आकर्षणमा नरहेको हाल वडा नं ४ को पुरानो माईस्थान गाबिस क्षेत्रका भित्री पाखासम्म जग्गा किनबेच अहिले ह्वात्तै बढेको छ । आफ्नो ठाउँ आकर्षणको केन्द्र बन्दै जाँदा खानेपानी, सडक सञ्जाल, विद्यालय र स्वास्थ्यजस्ता सेवा पनि विस्तार हुँदै गएका माईस्थानका सामाजिक, राजनीतिक कार्यकर्ता सोम कार्कीले बताउनुभयो । रासस

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
अन्तर्राष्ट्रिय

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

३० फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

३० फाल्गुन २०७६, शुक्रबार
Next Post
धनुषामा पाँच दलित महिलामाथि कुटपिट, घटना मिलाउन प्रहरीनै सक्रिय

धनुषामा पाँच दलित महिलामाथि कुटपिट, घटना मिलाउन प्रहरीनै सक्रिय

कक्षाकोठाभित्र वार्षिक परिक्षा, चौरमा विवाहको भोजकाे रमिता

कक्षाकोठाभित्र वार्षिक परिक्षा, चौरमा विवाहको भोजकाे रमिता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh