Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशमा संघीय सरकारमा भन्दा विपरीत समीकरण बनाउने आफूहरुको चाहना नभएको बताए

प्रतिक्षा खबर
२०७९ पुष २१, बिहीबार ०६:५१

जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशमा संघीय सरकारमा भन्दा विपरीत समीकरण बनाउने आफूहरुको चाहना नभएको बताएका छन् ।
‘नयाँ सत्ता समिकरणतर्फ ध्यान दिएका छैनौं । संघमा पनि र प्रदेशमा पनि’ अध्यक्ष राउतले भने । संघीय सरकार निर्माणमा बनेको सत्ता समीकरण विपरीत मधेश प्रदेशमा सरकार बनाउन कांग्रेसले पहल गरेको र त्यसमा जनमत पार्टी सहभागी हुन सक्ने भनी चलेका चर्चा गलत भएको उनको भनाइ छ ।
तर, मधेश प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी रहेको अध्यक्ष राउतले बताए । सत्ता साझेदार दलहरुका बीचमा मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई मधेश प्रदेश सरकारको नेतृत्व आधा÷आधा कार्यकाल गर्न दिने मौखिक समझदारी छ । कसले पहिले नेतृत्व गर्ने विषय टुंगिन बाँकी छ ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । सबैभन्दा धेरै २३ सिट एमाले छ । कांग्रेसको २२, जसपाको १६ र जनमतको १३ सिट छ । माओवादी केन्द्र र लोसपाको ९-९, एकीकृत समाजवादीका ७, राप्रपाका र नागरिक उन्मुक्तिका एक-एक सांसद छन् । तीन स्वतन्त्र सांसद छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर