Advertisement
ताजा खबर

मधेश प्रदेश कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित

प्रतिक्षा खबर
२०७९ पुष १४, बिहीबार १८:०७

१४ पुस, जनकपुरधाम। मधेश प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।
उनले २२ मध्ये १८ मत पाएर विजयी भएका हुन् । अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाएका छन् ।
कृष्ण मधेश प्रदेश पार्टी सभापति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन् ।
सहमतिबाट नभएपछि दलको नेता छान्न आज जनकपुरधामस्थित पार्टी कार्यालयमा निर्वाचन भएको थियो ।
कृष्ण र रामसरोज संस्थापन पक्षका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर