Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सत्ता गठबन्धनमा जसपा असन्तुष्ट, अरु दलसँग हुन सकिन्छ

प्रतिक्षा खबर
२०७९ आश्विन १५, शनिबार १८:१३

१५ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि भइरहेको छलफल सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । र, अरु राजनीतिक दलहरुसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको छ ।
पाँचदलीय गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफलमा जसपा पनि सहभागी छ । नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७/१८ सिट जसपाले पाउने देखिएको छ भने प्रदेशमा मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरुमा एकाध सिट मात्र पाउने सम्भावना छ ।
शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । ‘हाम्रो पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन नै हो । तर सिट बाँडफाँट सबैको सम्मान हुने र सबैलाई जिताउने गरी हुनुपर्छ’, प्रवक्ता मनिष सुमनले भने ।
गठबन्धनमा सम्मानजनक सिट बाँडफाँट नभए अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्भव भएसम्म विकल्पका रुपमा अन्य राजनीतिक दलहरुसँग पनि निर्वाचनमा सिटको तालेमल गर्न सकिने छ ।’
यो पनि हुन नसके जसपामा एक्लै निर्वाचामा जाने प्रवक्ता सुमनले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर