जनकपुरधाम । जनकपुरधाम प्रवेशद्वार अर्थात् सहिदगेटबाट हटाइएकाे जनता समाजवादी पार्टीको झन्डा आज पुन: झुन्डियाइएकाे छ।
मंगलबार जनकपुरका एक युवाले साे ठाउँबाट जसपाकाे झन्डा हटाएका थिए।
भाद्र २५ गते जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सहिदगेटमा आयाेजित सभालाई ७ औं बलिदानी दिवसकाे रूपमा सम्बाेधन गरेका थिए।
राज्यद्वारा निर्मम हत्या गरिएका सहिदहरूकाे स्मरणमा श्रद्धाञ्जलीसभामा सहभागी हुन जसपा अध्यक्ष आएका थिए । तत्कालीन माेर्चा आबद्ध दलले सहिदलाई बिर्से ।
जसपाले आयाेजना गरेकाे श्रद्धाञ्जलीसभामा स्वभाविक रूपमा जसपाकाे झन्डा फहरिन्छ।
साे झन्डाकाे विराेध गर्दै एक युवाले मंगलबार जसपाकाे झन्डा हटाइदिए र पार्टीलाई नै बद्नाम गर्ने चरित्र देखाए ।
साेकाे विराेधमा जसपा संघीय परिषद सदस्य नवीन यादवकाे नेतृत्वमा गएकाे एक समुहले फेरिपनि पार्टीको झन्डा फहराइदिएका छन् ।
अब राष्ट्रकाे झन्डा र पार्टीको झन्डा दुबै एकै ठाउँमा राखिएको छ।
२०७२ सालमा मधेस आन्दोलन चलिरहेकाे थियाे । साे आन्दोलन संविधानकाे विरूद्धमा थियाे । मधेसी जनताले संविधान मधेस र मधेसीकाे विराेधमा रहेकाे बुझे ।
साे आन्दोलनकाे नेतृत्व संयुक्त लाेकतान्त्रिक मधेसी माेर्चाले गरिरहेकाे थियाे ।
माेर्चाकाे आन्दोलनमा जनताहरू सरिक भए र सरकारविरूद्ध आन्दोलनमा उत्रिए। साेहिक्रममा “चलु जनकपुर, भरू जनकपुर” कार्यक्रम भाद्र २५ गते आह्वान गरियाे ।
साे आन्दोलनमा सञ्जय चौधरी, दिलिप यादव र नितु यादव सहादत प्राप्त गरे । राज्यद्वारा उनीहरूकाे निर्मम हत्या गरियाे ।










































































































