Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सप्तरीमा उपेन्द्र यादव आउने कार्यक्रम रोक्न गृह मन्त्रालयलाई सीके राउतको पत्र

प्रतिक्षा खबर
२०८० माघ ७, आईतवार १९:१८

७ माघ, । जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरीमा सोमबार हुने कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम स्थगित गर्न गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।
जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास कार्यक्रम स्थगित गर्न राउतले गृह मन्त्रालयमा पत्र पठाएका हुन् । ‘इमेलबाट गृह मन्त्रालयलाई पत्र पठाएका छौं, सप्तरी जिल्ला प्रशासनलाई पनि बोधार्थ दिइएको छ’, केन्द्रीय सचिव बीपी साहले भने ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजविराजमा भोलि कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम रोक्न भन्दै मधेश प्रदेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका जनमत पार्टीका नेता महेशप्रसाद यादवले पनि वक्तव्य जारी गरेका छन् ।
‘कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी, रजिष्ट्रार हुने जानकारी समेत गराउन चाहन्छु’, मन्त्री यादवले जारी गरेको बक्तव्यमा उल्लेख छ ।
यसअघि आइतबार नै शिल्यान्यास रोक्नुपर्ने मागसहित विश्वविद्यालयमा जनमतका कार्यकर्ताले ताला लगाएका छन् । तर शिल्यान्यास कार्यक्रम नरोकिएपछि जनमतका अध्यक्ष राउतले गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।
कृषि विश्वविद्यालय रहेको निर्वाचन क्षेत्र (सप्तरी–२) बाट राउतले अध्यक्ष यादवलाई गत वर्षको चुनावमा जितेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर