Advertisement
ताजा खबर

जनकपुरमा सम्पन्न भयो जानकीको मटकोर

प्रतिक्षा खबर
२०८१ मंसिर २०, बिहीबार १९:०२

जानकी मन्दिरबाट बाजागाजासहित पुगेर जनकपुरधामको एतिहासिक गंगासागरमा भव्यतापूर्वक जानकीको मटकोर सम्पन्न गरिएको हो ।

मिथिलाको परम्परा अनुसार जानकीको मटकोर विधि भएको हो । प्रतीकात्मक बालबालिकालाई बनाइएको जानकीलाई मटकोर गरिन्छ ।त्यहाँ उपस्थित संयौ नरनारीले मटकोर गीत गाएर रमाएका थिए ।

 

सो अवसरमा गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती दिउँसै नै भएको छ । मटकोर अब्लोकन गर्न हजारौं श्रद्धालुको भीड लागेको थियो ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको छैठौं दिन भोली शुक्रबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सोयम्बर गरी विवाहको काज हुने छ ।

मंसिर १६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ ।

भोलि विवाहपञ्चमी र शनिबार अयोध्याबाट जन्ती आएका साधुशन्तको बिदाई अर्थात् राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर