Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

यादव चोक आन्दोलन आज फेरि उग्ररुप लिँदै, भारि संख्यामा प्रहरी परिचालन

प्रतिक्षा खबर
२०८१ चैत्र ५, मंगलवार १५:३६

जनकपुरधाम, चैत ५ । धनुषा जिल्लाको सवैला नगरपालिकाको भटिहनमा यादव चोक विवाद उग्ररुप लिँदै गएको छ । आज विहान देखि स्थानीयबासीहरु त्यहाँ पुगेर आन्दोलन गरिरहेका छन् भने भारि संख्यामा प्रहरी परिचालन गरिएको छ ।

स्थानीय युवाहरुले भटिहन चोकको नामकरण यादव चोक गरेपछि अन्य युवाहरुले त्यसको विरोध गरेका छन् । सो क्रममा विवाद हुदा सोमबार प्रहरीको गोली लागि शहीद नगर नगरपालिकाकाका २२ बर्षीय सन्तोष यादव घाइते भएको र उनको उपचार काठमाडौँमा भईरहेको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यादव पक्षले विरोधीको घरमाथि ठुङ्गामुढा गर्न थालेपछि प्रहरीले विवाद सम्य पार्न खोज्दा उनीहरु उग्रभई प्रहरीमाथिनै आक्रामक भएपछि प्रहरीले आत्मरक्षामा गोली चलाएको प्रहरीले जनाएको छ ।

९ प्रहरी घाइते
धनुषाको सबैलामा चोकको नामाकरणसम्बन्धी विवादलाई लिएर भएको झडपमा ९ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट ९ जना प्रहरी घाइते भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए ।

उनका अनुसार पाँचजना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका हुन् । ‘प्रदर्शनकारीको ढुंगामुढा र भाटा प्रहारबाट ९ जना प्रहरी घाइते भएका छन् । कसैको टाउको फुटेको छ, कसैको मुखमा लागेको छ,’ एसपी तिवारीले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर