Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

मातृका यादवलाई जितको प्रमाणपत्र दिन माग गर्दै नेकपाको प्रदर्शन

प्रतिक्षा खबर
२०८२ फाल्गुन २५, सोमबार ०८:०६

निर्वाचन आयोगविरुद्ध धनुषा-१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले प्रदर्शनमा उत्रिएका छन्।

आफ्नो उम्मेदवार विजयी भइसके पनि निर्वाचन आयोगले घोषणा नगरेको भन्दै नेकपाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। उनीहरू तत्काल प्रमाणपत्र वितरण माग गर्दै धनुषा-१ को धनुषाधामस्थित मतगणनास्थलमा प्रदर्शन गरिरहेका छन्।

नेकपाका उम्मेदवार मातृका यादवले निर्वाचन आयोग दोहरो चरित्र देखाउन खोजेको आरोप लगाए। आफैले गरेका निर्णयबाट तीन-तीन पटक निर्वाचन आयोग पछि हटेको उनको भनाइ छ। पटक पटक निर्णय फेरिनु न्याय संगत नभएको उनले बताए।

कसैको दबाबमा आएर आफ्नो जागिर बचाउन निर्वाचन आयोग अधिकृतको कार्यालयका प्रमुखले विजयी भएको प्रमाणपत्र दिन रोकेको उनले आरोप लगाए। ‘पहिला त रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरियो। निर्वाचनपछि उनको मतगणना गरी छुट्टै लगत राख्ने भनी निर्णय गरे, अनि आज आएर फेरि आफ्नै निर्णय फेर्दै मुद्दा विचाराधिन रहेको भनी निर्वाचन परिणाम घोषणा गरेको छैन,’ यादवले भने।

आयोगका शाखा अधिकृत अरुण अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले मतगणनाको परिणाम घोषणा नगर्न पत्र पाठएको जानकारी गराएका थिए।

आयोगले पत्रमा सर्वोच्चबाट आदेश नभएसम्म धनुषा-१ मा प्रत्यक्षतर्फको मत परिणाम घोषणा नगर्न भनेको छ। आयोगले कर्जा सूचना केन्द्रको ऋणको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएसँगै फागुन १८ गते किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए। त्यसमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

आयोगले आफ्नो निर्णय नसच्याएर आफूलाई विजयीको प्रमाणपत्र नदिएसम्म प्रदर्शन जारी राख्ने यादवले चेतावनी दिएका छन्। नेकपाका सयौँ कार्यकर्ता निर्वाचन आयोग अधिकृत कार्यालय घेराउ गरी प्रदर्शन गरिरहेका छन्।

आयोगका अन्तिम परिणाम अनुसार साहबाहेक यादवको १० हजार ४२८, नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहको ९ हजार ४८५ र नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डलको ९ हजार २२० मत आएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर