Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

प्रतिक्षा खबर
२०८२ फाल्गुन १७, आईतवार २१:०९

महोत्तरी , रामगोपालपुर फागुन १७ गते

नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको मौन अवधिमा निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिताको पूर्ण रूपमा पालना गर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह गरेको छ ।

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा महासङ्घले आइतबार अपिल जारी गर्दै जिम्मेवार, निष्पक्ष र तथ्यपरक पत्रकारितामार्फत लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन सञ्चार क्षेत्रको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गरेको छ । महासङ्घकी अध्यक्ष निर्मला शर्माद्वारा जारी अपिलमा मौन अवधिमा कुनै पनि प्रकारका प्रचारात्मक सामग्री, पक्षधर समाचार वा आचारसंहिता विपरीत गतिविधि नगर्न विशेष ध्यान दिन आग्रह गरिएको छ ।

महासङ्घले समाचार सङ्कलन तथा प्रसारणमा खटिएका पत्रकार र सञ्चारकर्मीहरूलाई सहज वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ । प्रेस पासका आधारमा पत्रकार तथा सञ्चारमाध्यमका सवारी साधनलाई निर्वाध रूपमा आवतजावत गर्न दिने व्यवस्था मिलाउन सुरक्षा निकाय तथा सरोकारवाला पक्षलाई पनी आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, समाचार सङ्कलनका क्रममा पत्रकारहरूलाई कुनै पनि किसिमको अवरोध, दबाब वा दुर्व्यवहार नगर्न महासङ्घले सबै राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग अनुरोध गरेको छ । पछिल्लो समय पत्रकारहरूले ‘सेल्फ सेन्सरशिप’को अवस्था भोग्नुपरेकोप्रति चिन्ता व्यक्त गर्दै महासङ्घले सत्य र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सञ्चारगृहहरूलाई सचेत गराएको छ ।

विज्ञप्तिमा नियामक निकाय प्रेस काउन्सिल नेपाल तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको इमान्दारीपूर्वक पालना गर्दै समाजप्रति उत्तरदायी पत्रकारिता गर्नुपर्नेमा जोड दिइएको छ । भ्रमपूर्ण तथा अपुष्ट सूचनाको आधारमा समाचार सम्प्रेषण नगरी प्रमाणित तथ्यमा आधारित सूचना मात्र प्रकाशन तथा प्रसारण गर्न महासङ्घले आग्रह गरेको छ ।

पत्रकारहरूको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै अध्यक्ष शर्माले निर्वाचनजस्तो संवेदनशील समयमा सञ्चारकर्मीहरू सुरक्षित रूपमा आफ्नो कार्यक्षेत्रमा सक्रिय रहनुपर्ने बताएकी छन्। लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेस अपरिहार्य रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गर्न पाउनुपर्ने महासङ्घको धारणा रहेको छ।

महासङ्घले नेपाली सञ्चारजगत्प्रति समाजको दृष्टिकोणबारे गम्भीर बहस आवश्यक देखिएको उल्लेख गर्दै जिम्मेवार पत्रकारितामार्फत विश्वसनीयता कायम राख्न सबै सञ्चारकर्मीलाई अपिल गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सञ्चार क्षेत्रले आचारसंहिताको कडाइका साथ पालना गर्नु अपरिहार्य रहेको महासङ्घको निष्कर्ष छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर