Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

अाज सबैभन्दा बढी १२२१ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र १४, आईतवार १९:२२

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो
यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६७ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४२९ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंका ३७२, भक्तपुरका ४५ र ललितपुरका १२ जना छन् ।
यस्तै चितवनका ९० जना, बाराका ८२, धनुषाका ७५, उरुपन्देहीका ६१, मोरङका ४९, बझाङका ४७, पर्साका ४६, महोत्तरीका ३७, सर्लाहीका ३४, सुनसरीका ३३, सिराहाका २६, काभ्रे र कपिलवस्तुका २५/२५ जना, नवलपरासीका २१, बाँकेका १४, झापा र डोटीका ११/११ जना छन् ।
मकवानपुरका ९ जना, पाल्पा र अछामका ८/८ जना, सप्तरी, गुल्मी, बर्दिया र कैलालीका ६/६ जना, सिन्धुली, कास्की, गोरखा, प्युठान र दाङका ५/५ जना, ओखलढुंगा र तनहुँका ४/४ जना, धादिङ, बाग्लुङ र अर्घाखाँचीका ३/३ जना, संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलाका २/२ जना तथा इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर