Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

इरानमा ठूलो संख्यामा प्रदर्शनकारी मारिएको आशंका, कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

प्रतिक्षा खबर
२०८२ पुष ३०, बुधबार १९:४४

३० पुस, काठमाडौं । इरानमा गत डिसेम्बर २८ देखि विरोध प्रदर्शन जारी छ। मानवाधिकार सङ्गठनहरूले यी प्रदर्शनका क्रममा हजारौँ मानिसहरू मारिएको दाबी गरेका छन्।

यद्यपिमा इरानमा मारिएका प्रदर्शनकारीहरूको संख्याबारे फरक-फरक दाबीहरू सार्वजनिक भइरहेका छन् ।

इरानबाट प्राप्त कतिपय रिपोर्टहरूले त्यहाँ प्रदर्शनकारीहरू विरुद्ध ‘अभूतपूर्व हिंसा’ भएको सङ्केत गरेका छन्।

विशेष गरी, गत हप्ता बिहीबारदेखि इन्टरनेट र टेलिफोन सेवाहरू बन्द भएपछि हिंसामा उल्लेख्य वृद्धि भएको छ।

समाचार एजेन्सी रोयटर्स र मानवाधिकार सङ्गठनहरूले मृतकको सङ्ख्या दुई हजारदेखि पाँच हजारको बीचमा रहेको बताएका छन्। यद्यपि, इरानबाट पछिल्लो रिपोर्टहरू आएपछि यो आँकडा अझ बढेको छ।

‘सीबीएस न्युजले इरान भित्र र बाहिरका स्रोतहरूलाई उद्धृत गर्दै मृतकको सङ्ख्या करिब १२ हजार पुगेको बताएको छ। साथै, सीबीएसले यो आँकडा २० हजारसम्म पुग्न सक्ने स्पष्ट पारेको छ।

‘एक्सिओस’ न्युज वेबसाइटका अनुसार इजरायली गुप्तचर स्रोतहरूले मृतकको सङ्ख्या करिब पाँच हजार बताएका छन्।

हालै इरान छोडेका वा ‘स्टारलिङ्क’ मार्फत इन्टरनेटमा जोडिएका मानिसहरूले बीबीसीलाई बताए अनुसार उनीहरूले अस्पताल र मुर्दाघरहरूमा ठुलो सङ्ख्यामा मृतक र घाइतेहरू देखेका छन्।

इरानमा इन्टरनेट र टेलिफोन सेवा बन्द भएका कारण विरोध प्रदर्शनमा मारिएका मानिसहरूको सङ्ख्या यकिन गर्न र अन्य जानकारी जुटाउन कठिनाइ भइरहेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रदर्शनकारीहरूलाई फाँसीको सजाय दिएमा अमेरिकाले इरानी शासकहरू विरुद्ध ‘धेरै कडा कारबाही’ गर्ने बताएका छन्।

बीबीसीका अनुसार, गत हप्ता हिरासतमा लिइएका २६ वर्षीय इरफान सोल्तानीका आफन्तहरूले उनलाई बुधबार फाँसी दिइने तयारी रहेको बताएका छन् ।

मानवाधिकारका लागि काम गर्ने संस्था ‘हेङ्गअ अर्गनाइजेसन फर ह्युमन राइट्स’ का एक प्रतिनिधिले भने, ‘मैले कुनै पनि मुद्दा यति तीव्र गतिमा अघि बढेको कहिल्यै देखेको थिइनँ ।’

सीबीएस न्युजसँग कुरा गर्दै ट्रम्पले सम्भावित फाँसीको सजायबारे भने, ‘यदि उनीहरूले फाँसी दिन्छन् भने, तपाईंहरूले केही कुराहरू देख्नुहुनेछ… यदि उनीहरूले त्यसो गरे भने, हामी धेरै कडा कारबाही गर्नेछौँ।’

सोल्तानीका आफन्तले बताए अनुसार इरानी अदालतले ‘अत्यन्तै छोटो प्रक्रियामा, मात्र दुई दिनभित्र’ मृत्युदण्डको सजाय सुनाएको थियो।

हेङ्गअका प्रतिनिधि अवयार शेखले यो घटनाले इरानी सरकारले ‘जनतालाई दबाउन र डर फैलाउन आफूसँग भएका सबै तरिकाहरू प्रयोग गरिरहेको’ देखाएको प्रतिक्रिया दिएका छन् ।

(बीबीसी र अन्य समाचार एजेन्सीहरूको सहयोगमा)

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर