Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिँहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन

प्रतिक्षा खबर
२०८१ चैत्र १७, आईतवार १८:४४

रामगाेपालपुर,चैत १७ । सप्तरीको बोदेबर्साइनमा स्वास्थ्य व्यावसायी परिषद्बाट दर्ता प्रमाणपत्र नलिएका स्वास्थ्यकर्मी खटिने र मापदण्डविपरीत आकस्मिक उपचार कक्षमा आठ बेड र अन्तरङ्ग विभागमा नौ बेड सञ्चालन गरिरहेको जीवन ज्योति हस्पिटल प्रालिलाई १५ दिनभित्र कानुनसम्मत ढङ्गले सञ्चालन गर्न निर्देशन दिइएको छ

बोदेबर्साइन नगरपालिकाबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेको सो अस्पतालले मापदण्डविपरीत विभिन्न कक्ष तथा विभागमा बढी शय्या सञ्चालन गरिरहेको तथा तोकिएको निकायबाट सेवा प्रदान गर्ने अनुमति नलिएका स्वास्थ्यकर्मीका भरमा स्वास्थ्यसेवा प्रदान गर्दैआएकाले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अस्पताललाई नियमसम्मत तवरले सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

स्थानीय तहबाट १५ शय्याको सेवासञ्चालन अनुमति प्राप्त गरेर सञ्चालमा आएको सो अस्पताल मापदण्डअनुसार नै सेवा दिनुपर्ने स्थिति देखिएकाले स्वास्थ्य संस्था सञ्चालन निर्देशिकाअनुसार प्रदेश सरकारको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयबाट १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसारको व्यवस्थापनका आधारमा मात्र अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री सिँहले निर्देशन दिएको उनका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए ।

मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार कर्णले नेपाल स्वास्थ्य व्यावसायी परिषद् ऐन २०५२ ले ऐन प्रारम्भ भएको एक वर्षपछि दर्तावाला स्वास्थ्य व्यावसायीबाहेक अन्य स्वास्थ्य व्यावसायीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले स्वास्थ्य सेवा प्रदान गर्ने कामलाई दण्डनीय बनाए पनि अस्पतालमा उपलब्ध स्वास्थ्यकर्मी दर्तावाला नरहेको तर्फ मुख्यमन्त्री सिँहको ध्यानाकर्षण भएको जानकारी दिए ।

आइतबार बोदेबर्साइनस्थित पाँच अस्पतालको अनुगमन गरेका मुख्यमन्त्री सिँहले कुनै पनि तहबाट सेवा सञ्चालन अनुमति नलिएका थप चार अस्पताललाई बन्द गर्ने निर्देशन दिएका छन् ।

बन्द गर्न निर्देशन दिइएका अस्पतालमा लाइफ केयर पोलिक्लिनिक प्रालि, छिननमस्ता डेन्टल क्लिनिक प्रालि, सगरमाथा डेन्टल क्लिनिक प्रालि, नईमा हेल्थ केयर एण्ड डाइगनेष्टिक सेन्टर र अक्टोभोग आइकेयर प्रालि छन् ।

प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार मुख्यमन्त्री सिँहले अहिलेसम्म १ सय ६२ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । तीमध्ये १७ वटा मापदण्डअनुसारका पाइएका छन् भने मापदण्ड पुरा नगरेका १ सय १२ वटा अस्पताल बन्द गराइएका छन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर