Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

एक्लिए अशोक राई

प्रतिक्षा खबर
२०८२ पुष १५, मंगलवार १४:४८
१५ पुस, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सहअध्यक्ष रेणुकुमारी यादव र उपमहासचिव प्रदीप यादवले सोमबार पार्टी छाडे । उनीहरू आइतबार मात्र एकता घोषणा गरेका उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा जाने सहमति गरेका छन् ।

२०८१ मा जसपा नेपाल विभाजित भएर बनेको जसपाका पदाधिकारी मध्ये अधिकांशले दुई वर्ष नपुग्दै पार्टी छाडीसकेका छन् । गत मंसिरमा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय परशुराम बस्नेत, रणध्वज कन्दङ्वा लिम्बु, दुर्गामणि देवान, डा. पुष्पराज राजकर्णिकर, कृष्णबहादुर घनुलगायत नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।

सोमबारै जसपाका केन्द्रीय सदस्य आङकाजी शेर्पाले पनि राजीनामा बुझाएका छन् । पार्टी छाडे पनि पहिचान, संघीयता, धर्मनिरपेक्षता, पूर्ण समानुपातीक निर्वाचन प्रणालीको पक्षमा लागी रहने शेर्पाले राजीनामा उल्लेख गरेका छन् ।

२०६९ सालमा नेकपा (एमाले) छाडेर संघीय समाजवादी पार्टीको संस्थापक अध्यक्ष बनेका राई पार्टीमा लगभग एक्लिएका छन् । पहिचान सहितको संघीयता अस्विकार गरेको भन्दै एमालेबाट बाहिरिएका विजय सुब्बा, रकम चेम्जोङ, वीरबहादुर लामा, रिजवान अन्सारी, हेमराज राई, राजेन्द्र श्रेष्ठ, गोपाल ठाकुर, रणध्वज कन्दङ्वा, अजम्बर काङमाङ लगायत कोही पनि राईसँग छैनन् ।

विजय सुब्बा, हेमराज राईहरू एमालेमै फर्किएका छन् भने रकम चेम्जोङ उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालमा छन् । राजेन्द्र श्रेष्ठ, रणध्वज कन्दङ्वा, अजम्बार काङमाङ नेकपामा छन् । अन्सारी संघीय समाजवादी पार्टी अध्यक्ष छन् ।

१३ वर्ष पहिले एमालेबाट बाहिरिएका मध्ये आफू मात्र जसपामा रहेको राई आफै पनि स्विकार छन् ।

२०३३ सालमा कोअर्डिनेशन केन्द्रको सदस्यता लिएका राई २०३५ सालमा भूमिगत भएका थिए । २०४६ सालमा मालेको केन्द्रीय सदस्य बनेका उनी २०५९ स्थायी कमिटी सदस्य चयन भए । आठौं महाधिवेशनबाट एमाले उपाध्यक्ष निर्वाचित राईले दोस्रो संविधान सभा चुनाव अगावै एमाले त्यागेका थिए ।

एमाले छोडेर संघीय समाजवादी पार्टी (संसपा) गठन गरेका राईको पार्टीले २०७० को संविधान सभामा प्रत्यक्ष तर्फ कुनै सिट जित्न सकेन । समानुपातिक प्रणाली तर्फबाट पाँच सिट प्राप्त गर्‍यो ।
निर्वाचन परिणाम भने जस्तो नआएपछि २०७२ जेठमा संसपा र उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम एकीकरण भएर संघीय समाजवादी फोरम नेपाल (संसफोने) बन्यो । २०७४ मा संसफोने प्रत्यक्षमा १० र समानुपातीकमा ६ सिट जित्यो ।

२०७६ मा संसफोने र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकता भएर ‘समाजवादी पार्टी’ बन्यो। त्यो पार्टीमा २०७७ मा महन्थ ठाकुरको राष्ट्रिय जनता पार्टीसँग मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको हो। यो एकता लामो टिकेन । २०७८ मा जसपाबाट विभाजित भएर ठाकुरको नेतृत्वमा लोसपा गठन भयो ।

त्यतिबेला यादव र अशोक राई यादवसँगै थिए । २०८१ वैशाखमा राईको नेतृत्वमा जसपा बन्यो । त्यही पार्टीका अधिकांश नेताहरूले राईको साथ छाडेका हुन । २०७९ को निर्वाचनमा आफ्ना पूर्व पार्टी एमालेको समर्थनमा राई सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए । २०४८ र २०५१ मा राई खोटाङबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी २०५१ मा यायातात, २०५३ संसदीय व्यवस्था, २०६१ स्वास्थ्य र २०७९ मा शिक्षा मन्त्री बनेका थिए । भूमिगतकालमा राईको नाम थियो, अमर । उनी राजनीतिक जीवनमा कति अमर बन्छन् भविष्यले बताउँछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर