Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

प्रभु साहलाई कारबाही गर्न माग गर्दै रौतहटमा सत्तारुढ गठबन्धनको प्रदर्शन

प्रतिक्षा खबर
२०८० श्रावण ९, मंगलवार १९:४५

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
९ साउन, रौतहट । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले रौतहटमा संघीय सांसद प्रभु साहलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा सोमबार जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका हुन् ।
प्रदर्शनकारीले गौर हत्याकाण्डको मुख्य दोषी साह भएको जिकिर गर्दै कारबाहीको माग गरेका हुन् । त्यस्तै २३ असार २०६८ मो कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्या, रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारी लगायतका हत्यामा पनि प्रभु साहको संलग्नता रहेको ६ दलीय मोर्चाको जिकिर छ ।यसअघि १ साउनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गरेको थियो ।
६ दलले साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।
२०६३ चैत ७ गते मधेशी जनअधिकार फोरम र माओवादीबीच सदरमुकाम गौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएका थिए । गौर घटना भएको १७ वर्षसम्म पनि दोषीलाई कारवाही नभएको भन्दै आम जनता पार्टीले १ साउनमा प्रर्दशन गरेपछि सोमबार ६ दलले संयुक्त रुपमा साहको विरुद्धमा गौरमा प्रर्दशन गरेका हो ।
गौर घटनाको सम्पूर्ण जिम्मेवारी प्रभु साहले लिनुपर्ने जनता समाजवादी पार्टी रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताए । तत्कालीन मधेशी जनअधिकार फोरमले शान्तिपूर्ण कार्यक्रम गर्न लाग्दा माओवादीले बिथोलेर द्वन्द्व निम्त्याएको र त्यसको नेतृत्व प्रभु साहले गरेका कारण घटनाको मुख्य दोषी उनी रहेको अध्यक्ष यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर