Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

संघियताकाे रक्षा गर्ने साहस जसपा नेपालसँग मात्र छ,उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८२ फाल्गुन ५, मंगलवार १५:३४

५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताकाे रक्षा गर्ने साहस आफ्नो पार्टीसँग मात्रै रहेको बताएका छन् । मंगलबार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै अध्यक्ष यादवले संघीयताको रक्षा गर्न जसपा नेपालले जित्नुपर्ने बताएका हुन् ।

‘मधेश जनविद्रोह केवल आन्दोलन थिएन, त्यो मधेशको आत्मसम्मानको घोषणापत्र थियो,’ यादवले भनेका छन्, ‘गोली, दमन र षड्यन्त्रकाबीच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि हो ।’

अहिले शहीदको बलिदानबाट स्थापना भएको संघीयतालाई कमजोर बनाउन खोज्नेहरू धेरै देखिएको उनले भनेका छन् । ‘शहीदहरूको बलिदानले बनाएको संघीयताको आधारलाई कमजोर पार्न खोज्नेहरू धेरै छन्, तर त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ,’ अध्यक्ष यादवले भनेका छन् ।

अब निर्णय गर्ने जिम्मा जनताका हातमा रहेको बताउँदै उनले अगाडि भनेका छन्,‘इतिहास लेख्ने कि इतिहास मेट्ने ? आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि संघर्ष गरेको शक्तिलाई मतदान गरौँ ।’

विभाजन र भ्रमभन्दा माथि उठेर, आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गर्न उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर