Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

वीरगन्ज कारागारको खानेपानी र शौचालयको समस्या समाधान गर्न मन्त्री यादवको निर्देशन

प्रतिक्षा खबर
२०८१ कार्तिक १७, शनिबार २०:५८

पर्सा । खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जस्थित कारागारको अनुगमन गरेका छन् । शनिबार कारागार पुगेर मन्त्री यादवले त्यहाँको समस्याबारे जानकारी लिएका हुन् ।

त्यस अवसरमा कैदीबन्दीले कारागारमा खानेपानीको अभाव भएको, शौचालय एउटा मात्रै भएको, भान्सामा समेत छाना नभएको लगायतका समस्या राखेको र आफूले तत्काल ती समस्या समाधानका लागि काम सुरु गर्न स्थानीय निकायलाई आग्रह गरिएको मन्त्री यादवले बताए । स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनसहित कारागारमा पुगेका उनले ती समस्याहरू तत्काल समाधान हुने गरी काम गर्ने पनि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिए ।

मन्त्री यादवले भने, ‘यहाँ आउँदा कैदीबन्दीको समस्या पनि सुनेँ, नाइकेहरूलाई बोलाएर उहाँहरूको पनि कुरा सुने । के समस्या छ त भनेर सोधेँ । महिला पुरुष दुवैको समस्या सुन्दाखेरी उहाँहरूको छुट्टाछुट्टै समस्याको कुरा आयो । एउटा यहाँ शौचालयको समस्या आयो । शौचालय भत्केको अवस्था छ । लाइन लागेर बस्नुपर्ने भएकाले धेरै कैदीबन्दीको पाइन्टमा नै पिसाब गर्नुपर्ने अवस्था देखियो । ती समस्याहरू छन् । अर्को खानेपानीको समस्या छ । अर्को बिजुलीको समस्या पनि राखेका छन् । वायरिङको समस्या भएकाले एउटा कैदीबन्दीको केही समय अघि मृत्यु पनि भएको थियो । कैदीबन्दीको किचनको पनि समस्या छ । छाना नभएको अवस्था हो । यी अवस्थाहरू उहाँहरूले बताउनु भयो । अब तत्काल शौचालय बनाउने काम, बोरिङ बनाउने काम, बिजुलीको वायरिङ गर्ने काम, छाना फेर्ने काम मैले तत्काल पहल गरेर सुरु गर्छौँ भनेको छु । स्थानीय तहसँग पनि कुरा गरेर यो काम अघि बढाउँछु ।

त्यस अवसरमा मन्त्री यादवले कारागार प्रशासनलाई कैदीबन्दीको आधारभूत आवश्यकता पूर्ति गर्ने दिशामा सचेत भएर काम गर्न पनि निर्देशन दिनुभएको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर