Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

प्रतिक्षा खबर
२०८२ कार्तिक ५, बुधबार ११:२४

५ कात्तिक, जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन तोकिएको समयमा हुनुपर्ने बताएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सरकारलाई निर्वाचनको वातावरण बनाउन आग्रह गरे ।

’निर्वाचन तोकिएको समयमा हुनुपर्छ। सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ’ उनले भने, ‘हिजो मात्रै दलहरूसँग भएको वार्ताबाट सरकार विस्तारै निर्वाचनतर्फ गम्भीर हुँदै गएको आभास मिल्छ, तर अझै पनि आवश्यक वातावरण बनेको छैन ।

प्रचण्डले असाधारण परिस्थितिमा बनेको अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेकाले अब सबै दलहरू निर्वाचनमै केन्द्रित हुनुपर्ने बताए ।

निर्वाचनमा केन्द्रित हुनुपर्छ भनेर निर्णय गर्ने पहिलो पार्टी माओवादी केन्द्र नै रहेको दाबी गर्दै उनले जेनजी आन्दोलनपश्चात् काठमाडौं उपत्यका बाहिर मधेश प्रदेशमा आएर सार्वजनिक कार्यक्रम गर्ने पहिलो पार्टी भएको पनि बताए । आज महोत्तरीको रामगोपालपुरमा माओवादी केन्द्रले पार्टी प्रवेश तथा जनसभा कार्यक्रम आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर