Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

मधेश सरकारलाई ७ दिने अल्टिमेटम 

प्रतिक्षा खबर
२०८१ श्रावण २७, आईतवार १९:३१

२७ साउन, जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माण प्रक्रिया सात दिन भित्र थाल्न माग गर्दै संघर्ष समितिले मधेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सिरहा सदरमुकामबाट मोटरसाइकल र्‍यालीसहित दर्जनौंको संख्यामा आएका प्रदर्शनकारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले ज्ञापनपत्र बुझाउँदै सात दिन भित्र पुल निर्माण प्रक्रिया नथालिए मुख्यमन्त्री कार्यालय अगाडि सामूहिक आमरण अनशन बस्ने चेतावनी दिए ।

समितिले कमला नदीमा यथाशीघ्र पुल निर्माण गर्नुपर्ने एक सूत्रीय माग राखेको छ । पहिलाको पुलको डिजाइन नै गलत भएकाले निर्माणाधीन अवस्थामा भासिएको भन्दै संघर्ष समितिले, त्यसलाई मर्मत गर्नुको साटो नयाँ डिजाइन गरेर नयाँ पुल बनाउनुपर्ने माग रोखेको छ । प्रदेश सरकारले आफ्नै लगानीमा पुल बनाउनु पर्ने संघर्ष समितिको माग छ ।

१३ वर्षदेखि निर्माणाधीन कमला नदीको पुल सन्चालनको तयारीमा हुँदा अत्यधिक बाढीले १७ असार २०७८ मा भासिएको थियो । २०६८ मंसिरमा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको थियो । तर पटक पटक म्याद थप्दा १० वर्षसम्म पनि निर्माण सम्पन्न भएन ।

२०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । २०७८ असार १३ भित्र सक्ने गरी काम भइरहेको बेला पुल नै भासिएको थियो ।

पुल नबन्दा दक्षिणी क्षेत्रका लाखौं नागरिकले सास्ती खेप्नु परेको छ । सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत भइरहेको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले आफू सप्तरीकै बासिन्दा भएकाले जनकपुर आउ–जाउ गर्दा कठिनाइको सामना गरिरहेको बताए । पुलको निर्माण संघीय सरकार मातहत रहेकाले यस विषयमा पटक–पटक ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

पुनः संघीय सरकारको नेतृत्वलाई भेटेर निर्माणको जिम्मा मधेश सरकारले लिने गरी छलफल गर्ने मुख्यमन्त्री सिंहले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर