Advertisement
ताजा खबर
चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी

१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

प्रतिक्षा खबर
२०८२ भाद्र २४, मंगलवार ०६:२४

२३ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले बताए ।

प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काएको प्रधानमन्त्रीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका थिए । एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नै नगर्ने बताएको छ ।

‘यो कुरा डेढ वर्षदेखि भनिरहेका थियौं । सूचीकृत गर भनेका थियौं । नेपालको कानुन मान भनेका थियौं । हाम्रो राष्ट्रिय स्वाभिमानको कदर गर्ने कुरा हो’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘त्यसमा हमला भयो । सामाजिक सञ्जालमाथि एउटा देशलाई यसरी हेप्न पाइन्छ ? राष्ट्रको अपमान गर्नेगरी उनीहरूलाई खोलिदिने  त ?’

जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्तत: सरकार निर्णयबाट पछि हटेको हो ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर