Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

सर्लाहीकाे मलंगवाबाट एक लाख भन्दा बढी नक्कली नोट सहित दुईजना पक्राउ

प्रतिक्षा खबर
२०७८ पुष ४, आईतवार १८:३४

सर्लाहीबाट दुई जना भारतीय नागरिक नेपाली नक्कली नोट सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सितामढी थाना सोनवर्षा ग्राम सोनवर्षा वडा नं. ६ चिलरी टोलका ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र वडा नं. १ का ४८ वर्षीय प्रमोद कुमार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद वुढाथोकीका अनुसार शनिवार बेलुका करिब साढे ७ बजेको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ८ गोरखकाली स्थित भन्सार कार्यालय अगाडी चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा दुवैजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनाको मोटरसाईकल तलासी लिदा मोटरसाइकलको डिक्की र सिटको बिचको भागबाट नक्कली जस्तो देखिने एक हजारको ११५ वटा नेपाली नोट, ४७ हजार ५१० भारतीय रुपैयाँ र १७० नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर