Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

महोत्तरीको बिभिन्न ठाँउमा मशाल जुलुस , गौर घटना अनुसन्धानका नाममा उपेन्द्र यादवलाई फसाउन खोजिएको आरोप

प्रतिक्षा खबर
२०८२ भाद्र ४, बुधबार २१:२६

गोपाल झा, महोत्तरी, भदौ गते

जसपा नेपालका नेता कार्यकर्ताहरूले गौर घटनासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो परमादेशको विरोधमा ग्रामीण क्षेत्रसम्म प्रदर्शन चर्काएका छन् । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा बुधवार साँझ मशाल जुलुससहित कोणसभा सम्पन्न भएका छन् ।           सम्सी बजारमा आयोजित मशाल जुलुस जसपा गाउँ कमिटीका अध्यक्ष कैलाश यादवको नेतृत्वमा र केन्द्रीय सदस्य दिपक झा ‘गुड्डु’को अगुवाइमा सम्पन्न भएको हो । प्रदर्शनमा सम्सी गाउँपालिकाका स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो ।

प्रदर्शनकारीहरूका अनुसार, गौर घटनाका नाममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउने प्रयास भइरहेको छ । उनीहरूले सरकार र सर्वोच्च अदालतको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै चेतावनी दिएका छन् कि यदि वर्तमान सत्ताले मधेश विरोधी रवैया नसुधारे, नयाँ मधेश विद्रोहको सुरुवात हुन सक्ने चेतावनी दिएका छन् । केन्द्रीय सदस्य दिपक झा गुडुले भने, उपेन्द्र यादवमाथि मुद्दा लगाइएर मधेश आन्दोलनको भावना दबाउन खोजिएको आरोप लगाएको छ । कार्यक्रममा वक्ताको रुपमा केन्द्रीय सदस्य दिपक झा गुडु,जसपा नेपालको सम्सी गापा अध्यक्ष कैलाश यादव,सम्सि गाउँपालिकाकी उपाध्यक्ष अनिता यादव लगायतका आफ्नो मन्तवय राखेका थिए ।        यसैबीच, बलवा नगरपालिकाको पडौल बजारमा समेत नगर समितिका अध्यक्ष धिरेन्द्र कुमार यादवको नेतृत्वमा मशाल जुलुस र कोणसभा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित नेताहरूले “नश्लिय र भूमाफिया प्रवृत्ति“ बोकेको सरकारका विरुद्ध आन्दोलन जारी रहने बताएका छन् । उनीहरूको आरोप छ कि भूमि सम्बन्धी अध्यादेशमा जसपाले समर्थन नदिएको झोकमा उपेन्द्र यादवलाई लक्षित गरिँदैछ ।

गौर घटना विसं २०६३ साल चैतमा घटेको थियो, जसमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीबीच भएको झडपमा दर्जनौं मानिसको मृत्यु भएको थियो । घटनाको मुख्य स्थल गौरको राइस मिल परिसरमा दुवै समूहले एउटै समयमा कार्यक्रम राखेका थिए। समय र स्थानको मिलनले तनाव चुलिँदै झडपमा परिणत भएको थियो ।

झडपको १९ वर्षपछि सर्वोच्च अदालतले हालै घटनासम्बन्धी पुनः अनुसन्धानको आदेश (परमादेश) जारी गरेपछि पुनः विवाद चर्किएको छ । जसपा नेताहरूको दाबी छ कि अदालतको निर्णय स्वतन्त्र नभइ राजनीतिक उद्देश्यले प्रेरित छ ।  जसपा नेता–कार्यकर्ताहरूले वर्तमान केपी ओली नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाउँदै  भूमि सम्बन्धी अध्यादेशमा समर्थन नदिएको, र संविधान संशोधनका लागि दिएको समर्थनको बदला स्वरूप यादवलाई फसाउन खोजिएको हो ।

    मशाल जुलुस र कोणसभाहरूको माध्यमबाट जसपाले विरोधको श्रृंखला ग्रामीण तहसम्म विस्तार गर्न थालेको छ । यद्यपि पार्टी केन्द्रबाट आन्दोलनका विषयमा औपचारिक निर्णय नभए पनि स्थानीय तहका नेता कार्यकर्ताहरू स्वतःस्फूर्त ढंगले सडकमा उत्रिएको देखिएको छ ।

गौर घटनाको अनुसन्धानका नाममा जारी भएको परमादेशले मधेश राजनीतिमा नयाँ तरंग ल्याएको छ । जसपा नेपालका नेता तथा कार्यकर्ताहरू यसलाई ‘राजनीतिक षड्यन्त्र’का रूपमा चित्रित गर्दै आन्दोलनको चेतावनी दिइरहेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर