Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मटिहानी नगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रतिक्षा खबर
२०८२ श्रावण २, शुक्रबार २२:५४

स्वास्थ्य शिविर सम्पन्न

गोपाल झा

महोत्तरी, साउन गते

मटिहानी नगरपालिका र नेपाली सेनाको श्री गोरखनाथ गण परिकौलीको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदहीमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

                   स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई लक्षित गरी आयोजित गरीएको उक्त शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा जेनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, कान–नाक–घाँटी (ईएनटी) विशेषज्ञ, साथै दन्त चिकित्सकहरू समेतको सहभागिता रहेको थियो । स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न सञ्चालन गरिएको यस शिविरमा नेपाली सेनाको फील्ड अस्पताल बर्दिबास र प्रदेश अस्पताल जलेश्वरबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोग प्राप्त भएको थियो ।

           स्वास्थ्य शिविरमा सयौँको संख्यामा स्थानीय बासिन्दाहरूको सहभागिता देखिएको थियो । शिविरमा सहभागी स्थानीयहरुले स्वास्थ्य सेवा गाँउमै पाउँदा निकै राहत महसुस भएको छ” भन्दै आयोजक संस्था र चिकित्सकप्रति आभार व्यक्त गर्दै  यस्ता शिविरहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य चेतना बढाउनुका साथै तत्कालीन उपचार सेवामा ठूलो राहत पुर्‍याएको महसुस गरेको बताए ।

शिविरको उद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले यस्ता कार्यक्रमहरूले समाजका गरीब, असहाय तथा उपचार खर्च थेग्न नसक्ने वर्गलाई प्रत्यक्ष लाभ हुने बताए । उनले यस्ता शिविरलाई निरन्तरता दिनु आवश्यक रहेको धारणा राख्दै नगरपालिकाको तर्फबाट सहकार्यका लागि प्रतिबद्धता समेत जनाएका हुन् ।

           शिविरको औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालको उपस्थिति रहेको थियो । त्यसका साथै नगर उपप्रमुख मंजु देवी साह, श्री गोरखनाथ गण परिकौलीका सेनानी विनोद बिकास पाठक, प्रहरी उपरीक्षक हेरम्ब शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उप–अनुसन्धान निर्देशक चन्दन झा, वडा नं. ९ का वडाध्यक्ष मदन चौधरी, पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दास, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डल, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

यस शिविरमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै प्राथमिक उपचार सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको आयोजकले जनाएका छन् । सहभागीहरूको अनुसार, यस्ता कार्यक्रमहरूले समुदायमा सरकारी तथा सुरक्षासम्बन्धी निकायप्रति विश्वास बढाउनुका साथै नागरिकस्तरमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर