Advertisement
ताजा खबर

संघीय सरकार बारे जुली अनभिज्ञ !

प्रतिक्षा खबर
२०८१ पुष २, मंगलवार १०:२१

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेतृ जुली महतो संघ सरकार बारे अनभिज्ञता प्रकट गरेकी छन् । किसानको समस्या लिएर मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह संगको शिष्टाचार भेटमा उनले प्रदेश सरकारको समस्या संघमा लैजानु भन्दा बढी संघ सरकारको कमिकमजोरी ढाक छोप गर्दै प्रदेश सरकारमाथि दवाव बढाउने प्रयास गरेकी छन् ।


संघमा नेकपा एमाले र नेपाली कांग्रेस सहितको गठबन्धनको सरकार छन् जसको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । राजनीतिक जानकारहरुका अनुसार जुली मधेश प्रदेशका समस्या लिएर ओली संग कुनै छलफल गरेकी छैनन् तर, किसानको समस्यालाई लिएर उनी प्रदेश सरकारमाथि दवाव बढाएकी छन् ।
शिष्टाचार भेटमा मधेश प्रदेशका मुख्यमन्त्री सिंहले कानुन बाझेको सांसद महतोलाई आग्रह गर्दा पनि उनले त्यो आपूmलाई थाहा नरहेको र प्रदेश सरकारले समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् । सस्तो लोकप्रियता कमाउन उद्धत देखिएकी जुली प्रदेश सरकारमाथि दवाव दिनु भन्दा संघीय सरकारमाथि दवाव दिनु उपयुक्त हुने राजनीतिक विश्लेषकहरुको भनाई छ ।
Juli Mahato
Cp

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर