Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

प्रतिक्षा खबर
२०८२ बैशाख २७, शनिबार २१:११

२७ वैशाख, काठमाडौं । कराँचीबाट अलजजिराका रिपोर्टर फारस घानीले बताएका अनुसार, युद्धविरामको घोषणा पाकिस्तानको दक्षिणी शहरमा स्वागत गरिएको छ ।

एक स्थानीय चिया पसलमा टीभीतिर टोलाउँदै बसेका अब्दुल शाहिदले भने, ‘अल्लाहलाई धन्यवाद छ । होस अझै बाँकी रहेछ।

उनले अगाडि थपे, ‘दुवै पक्षले आफ्नो शक्ति देखाउन खोजे, राष्ट्रिय सुरक्षाको सन्देश दिए, र कश्मीरबारे कडा संकेत पठाए ।’ उनको भनाइमा, पाकिस्तान यो टकरावबाट ‘अझ बलियो रुपमा बाहिरिएको’ देखियो, तर युद्ध दुवैका लागि निरर्थक हुने थियो।

अब सबैको ध्यान यो युद्धविरामपछि के हुन्छ भन्नेमा केन्द्रित हुनेछ। वरिष्ठ पत्रकार तलत हुसैनले भने, ‘नियन्त्रण रेखामा अब शान्ति फर्किने अपेक्षा छ। तर अब सेना हटाउने, तनाव घटाउने र गम्भीर कूटनीतिक संवाद सुरु गर्ने बेला हो ।’

उनले इण्डस वाटर ट्रीटी, पहलगाम हमला, र पाकिस्तानको संलग्नताबारे भारतको दाबी जस्ता विषयलाई पनि संवादको एजेन्डामा ल्याउनुपर्ने बताएका छन् ।

युद्धविरामपछि भारत-प्रशासित कश्मीरका बासिन्दाले राहतको भावना व्यक्त गरेका छन्, र धेरैले कश्मीर विवादको स्थायी समाधानको लागि प्रार्थना गरेका छन्।

‘म के हुँदैछ भन्नेमा अत्यन्त चिन्तित थिएँ,’ अर्को हप्ता विवाह तय भएकी श्रीनगरकी २५ वर्षीया रुमैसा जानले अल जजीरासँग कुरा गर्दै भनिन्, ‘यो धेरै ज्यान गुमाएको पछि लिएको सबैभन्दा बुद्धिमान निर्णय हो। हामी शान्ति चाहन्छौं र यी सबै शत्रुताहरूको अन्त्य चाहन्छौं।’

एक ट्राभल एजेन्सी चलाउने फिर्दौस अहमद शेइखले कश्मीरलाई “युद्धक्षेत्र”मा परिणत गरिएकोमा निराशा व्यक्त गरे ।

‘मलाई मात्र एक डर छ, भविष्यमा घटनाहरू फेरि बढ्न सक्छन्। यी देशहरूले एकसाथ बसेर कश्मीरको लागि राजनीतिक समाधान खोज्नुपर्छ। म प्रार्थना गर्छु कि हाम्रा बच्चाहरूले यस्ता समय फेरि नदेख्नुपहोस्,’ उनले भने ।

यसैबीच, भारत-प्रशासित कश्मीर सरकारले पाकिस्तानतर्फबाट भएको गोलाबारीका कारण ज्यान गुमाउने व्यक्तिहरूका परिवारलाई प्रत्येकलाई एक लाख रुपैयाँ ११ हजार ७ सय अमेरिकी डलर बराबर रकम उपलब्ध गराउने घोषणा गरेको छ । यो सहयोगलाई ‘समर्थन र ऐक्यबद्धताको प्रतीक’ का रूपमा प्रस्तुत गरिएको छ ।

त्यहाँका मुख्यमन्त्री उमर अब्दुल्लाहले एक्समा लेखेका छन्, ‘पाकिस्तानबाट भएको पछिल्लो गोलाबारीका कारण निर्दोष मानिसहरूको ज्यान गएकोमा म गहिरो पीडित छु। हाम्रो सरकारले जनताको पीडा घटाउन सकिने सबै प्रयास गरिरहेको छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर