Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

मधेश सरकारबाट कांग्रेस, माओवादी र एसका सबै मन्त्री बर्खास्त गर्ने तयारी

प्रतिक्षा खबर
२०७९ आश्विन २७, बिहीबार २१:४९

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारको मन्त्री परीसदबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकारले पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र शाहले केन्द्र सरकारबाट जसपाका मन्त्रीहरू हटाएपछि मधेश मुख्यमन्त्री लालबाबु राउतले अन्य दलका मन्त्री हटाउनेबारे पार्टी नेतृत्वसँग सल्लाह गरिरहेको जानकारी दिए अन्य दलका मन्त्रीहरूलाई भोलिसम्म हटाउने तयारी छ, छलफल चलिरहेको छ,’ उनले भने ।
मधेश प्रदेश सरकारमा कांग्रेसबाट रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह, ओमप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह, रुवी कर्ण, नेकपा एकीकृत समाजवादीका शत्रूधन महतो र प्रमोदकुमार यादव मन्त्री/राज्यमन्त्री छन् ।निर्वाचनको मिति घोषणा भइसकेको बेला प्रदेश सभामा मत परीक्षण नहुने भएकाले मन्त्रीहरू हटाउँदा सरकारलाई कुनै असर नपर्ने बताइएको छ ।
सत्तारुढ गठबन्धनमा रहेको जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरेका छन् ।सभार लाेकानतरण

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर