Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सुशासन र समृद्धि का लागि राष्ट्रपतिय प्रणाली एक मात्र विकल्प : अध्यक्ष यादव

प्रतिक्षा खबर
२०८१ बैशाख ९, आईतवार २२:००

जलेश्वर , बैशाख ९ । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा डोर्‍याउन प्रत्यक्ष निर्बाचित राष्ट्रपतिय प्रणाली एकमात्र बिकल्प रहेको बताउनु भएको छ ।
जनता समाजवादी पार्टी महोत्तरीद्वारा आज जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बर्तमान संसदीय प्रणालीका कारण मुलुकमा निम्तिएको भ्रष्टाचार र अस्थिरतालाई अन्त्य गर्न प्रत्यक्ष निर्बाचित कार्यकारी प्रणाली एकमात्र बिकल्क रहेको उल्लेख गर्नु भयो ।
बर्तमानको निर्वाचन प्रणालीले मुलुकलाई कंगाल र पराधिन बनाउदै गएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी एवं पुर्ण समानुपातिक संसदले निर्बाचनमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धा अन्त गर्नुका साथै मुलुकले पुर्ण कार्यकालका लागि स्थिर सरकार समेत पाउने दाबी गर्नु भयो ।
स्थिर सरकारले मुलुकमा सुशासन कायम गर्दै समृद्धिको बाटोमा डोर्‍याउन सहज हुनुका साथै संसदमा समेत सबै बर्गको प्रतिनिधित्व सुनिश्चित हुने उहाँको कथन थियो ।
बर्तमान संबिधानकै कारण मुलुकमा एक पछि अर्को समस्या थपिदै गएको उल्लेख गर्दै अध्यक्ष यादवले छिमेकी मुलुक भारत सहित अमेरिका लगायतका देशहरुले समेत असन्तुष्टि जनाई सकेको संविधान संशोधन गर्नुको विकल्प नरहेको स्पष्ट पार्नु भयो ।
प्राप्त उपलब्धिहरुको रक्षा र उत्पीडित जनताहरुको मुक्तिका लागि आफुहरुले बर्तमान ब्यबस्थालाई प्रयोग गर्दै अघि बढेको स्पष्ट पार्दै उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनु भएका अध्यक्ष यादवले संघियता र गणतन्त्र माथी निरन्तर जारी रहेको प्रहारलाई निस्तेज गर्न संसद र सरकार बाट खबरदारी गर्दै आएको बताउनु भयो ।
मधेश आन्दोलनका तत्कालीन योद्धा हरु संगको पुनर्मिलनले मधेशमा पुन: नया जागरणको संचारहुने उल्लेख गर्दै उहाँ आन्दोलनकारी शक्ति हरुलाई जसपाको छाता मुनि पुन: गोलबद्ध हुन आह्वान समेत गर्नु भयो ।
जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा भएको उक्त पार्टी प्रवेश कार्यक्रममा माओबादी परित्याग गरेका संविधान सभा सदस्य रामकुमार शर्मा , पमाओवादीका केन्द्रिय सदस्य एवं पुर्व प्रतिनिधि सभा सद्स्य ईन्दु शर्मा , नेपाली काँग्रेस महासमिति सदस्य सुरेन्द्र चौधरी , एमाले नेत्री महोत्तरी गापा उपाध्यक्ष प्रत्याशी प्रमीला चौधरी , लोसपाका नेता एवं तत्कालिन राजपा युवाका केन्द्रिय अध्यक्ष रोशन सिंह राणा, तत्कालीन फोरमका युसुफ साफी , पुष्पज राज चमन, जनमतका नेता डा. सरोज ठाकुर सहित करीब ३ सय नेता कार्यकर्ता जसपामा प्रबेश गरेका छन ।
नव प्रवेशी हरुलाई जसपा अध्यक्ष यादवले गम्छा लगाई पार्टीमा स्वागत गर्नु भयो ।
कार्यक्रममा राजनीति समिति सदस्य हरिनारायण यादव, डा सुरेन्द्र यादव, प्रदेश अध्यक्ष बाल किशोर यादव, प्रदेश सरकारका मन्त्री सुरिता साह सहितका बक्ताहरुले नवप्रवेशी हरुलाई शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर