Advertisement
ताजा खबर

फेरि अशान्त बन्यो वीरगञ्ज

प्रतिक्षा खबर
२०८२ बैशाख २, मंगलवार २१:५४

फेरि अशान्त बन्यो वीरगञ्ज

वीरगञ्ज । वीरगञ्ज फेरि तनावग्रस्त बनेकाे छ ।

आफ्नो समुदायका दुई जनालाई पक्राउ गरेपछि वीरगञ्जमा प्रदर्शन चर्किएको हो । पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने चार जनालाई आज पक्राउ गरेपछि वीरगञ्ज फेरि अशान्त बनेको हो । आफ्ना समुदायका मानिसहरूलाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले आज मंगलबार टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराउँदै हिँडेका थिए । प्रदर्शन हुन थालेपछि व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रहरीले आज दुवै समुदायबाट २/२ जनालाई पक्राउ गरेको थियो ।

यसअघि प्रशासनले दुई समुदायबिच सद्भाव भड्किन थालेको भन्दै र वीरगञ्जमा कर्फ्यु लगाएको थियो । वीरगञ्जमा निषेधाज्ञा जारी नै छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर