Advertisement
ताजा खबर

जङ्गली हात्ती मृतावस्थामा फेला

प्रतिक्षा खबर
२०८१ चैत्र २१, बिहीबार १७:१०

कञ्चनपुर, चैत २१ । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ । सीमा क्षेत्र नजिकै नेपाली भूमिमा हात्ती मृतावस्थामा फेला परेको हो ।

हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सकसहितको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकोे टोली पुगेर जाँच र अनुसन्धानको कार्य गरिरहेको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभयो । बिहान हात्ती मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले खबर गरेको उहाँले बताउनुभयो । हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन ।

उहाँका अनुसार हात्तीको उमेर ८ देखि १० वर्षको रहेको छ । दुई महिनाअघि मात्रै लालझाडी गाउँपाालिकाको जाँइमा पनि हात्ती मृतावस्थामा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर