Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मिथिलानी महीलाहरु पतिको दिर्घायुको कामना सहीत बटसाबीत्री पर्व मनाइँदै

प्रतिक्षा खबर
२०७९ जेष्ठ १६, सोमबार १३:०४

गोपाल झा
महोत्तरी १६ जेष्ठ
मिथिलाञ्चलमा अखण्ड सौभाग्यको कामना गर्दै आज सोमबार विवाहित महिलाहरुले वट सावित्री ( वरसाइत ) पर्व धार्मिक विधिपूर्वक मनाइ रहेकी छिन् ।
जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मिथिलानी (मिथिला क्षेत्रकी बिवाहीत मलिाहरु ) ले यी पर्व मनाउने गर्छीन् ।
धार्मिक ग्रन्थ स्कन्ध पुराणमा उल्लेख गरिए अनुसार, वरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले सो रुखमुनि बसेर पूजा गर्दा त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ ।
अर्को धार्मिक मान्यतानुसार, सती सावित्रीका पति सत्यवानको अल्पायु मै मृत्यु भएपछि बरको रुखमुनि नै राखिएको थियो। सावित्रीले आफ्नो सतित्वको प्रभावले यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि वटवृक्ष अर्थात् वरको रुख मुनि बसेर पर्व मनाउने गरिन्छ ।

बितेका लगातारका दुई वर्ष कोभिड-१९ महाव्याधिले मन फुकाएर रमाइलो गर्दै पर्व मनाउन नपाएकी मिथिलानी यसपालि भने आपसी भेटघाट, कुराकानी गर्दै सामूहिकरुपमा व्रत मनाई रहेकी छीन् ।
नयाँँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने परम्परा छ । साथीसङ्गीसँगै धार्मीक तथा पारम्परीक गित गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरको छ ।

मिथिलामा केही वर्ष पहिलेसम्म्म ब्राह्मण, कायस्थ र सोनार जातिका विवाहित सधवा महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका देखिएको छ । मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिका एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका मिथिला परम्पराका जानकारहरु बताउनुहुन्छ ।
विवाहित महिलाले मनाउने यी पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनी सकेको छ ।
मैथिल समुदायमा खासगरी ब्राह्मण, कायस्थ, व्यास, स्वणर्कार लगायतका जातिका महिला विवाहको पहिलो वर्ष विशेष विधिअनुसार यो पर्व मनाउने गर्र्छीन् । यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ ।
यो पर्व मनाउनका लागि बेहुलीका लागि ससुरालीबाट नयाँ बस्त्र, प्रसादका लागि मिठाई, चना, माटोको कलात्मक रुपमा बनाइएका नागनागिन सर्प, बाँसको पंखा, टोकरी लगायतका साथै भोजनका लागि चामल, च्युरा, दही लगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ ।
गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिन सर्पलाई देउताको रुपमा पूजा गरेमा सर्प दंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ यी पूजा गर्ने गरिएको पनी धार्मिक विश्वास छ ।
हिन्दू धार्मीक ग्रन्थका अनुसार , मद देशका राजा अश्वपतिले आफ्नी सुयोग्य छोरी सावित्रीका लागि सुयोग्य बर (बेहुला) खोज्न सकेनन ्। त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य बर खोज्न राजाले सुझाव दिए । सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ नारदमुनिसँग साक्षात्कार भयो ।
सावित्रीले शाल्वदेशका राजा द्युमत्सेनका छोरा सत्यवानलाई मन पराएको जानकारी गराइन् । राजा द्युमत्सेन दृष्टिहीन भएपछि रुक्मी नामका राजाले राज्य कब्जा गरेपछि उनीहरु यतिखेर जंगलमा बस्ने गरेको, सावित्रीले जानकारी गराइन् ।
यस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरी सकेकाले अब उनीसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भयो ।
तत्पश्चात निर्धारित समयमा टाउको दुखाइबाट सत्यवानको मृत्यु भएपछि सावित्रीले आफ्नो बुद्धि मत्ताले यमराजलाई प्रसन्न गरी पतिको जीवन फिर्ता लिनुका साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति, गुमेको राज्य र एकसय पुत्रको वरदान प्राप्त गरिन् ।
सोही समयदेखि पतिको दीर्घायु, सुस्वास्थ्य र मंगल कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।
यसरी सत्य युगमा सती सावित्रीले आफ्ना पति सत्यवानको जीवन यमराजबाट फिर्ता गराउन सफल भएपछि सोको सम्झना स्वरुप यो पर्व मनाउन थालिएको बताइन्छ ।
यो पर्व नियमनिष्ठाका साथ मनाइएमा पति दीर्घायु हुने यमराजले वरदान दिएको भविष्य पुराणमा उल्लेख गरिएको छ ।
यता तिथि र दिनको संयोगले आजै हिन्दू वैदिक परम्परा मान्नेहरुले सोमबारे औँसी पर्व पनि मनाएका छन् ।
हिन्दू परम्परामा औँसी तिथि सोमबार पर्दा धार्मिक/पौराणिक महत्वका नदी, तलाउ तथा सरोवरमा एकाबिहानै पवित्र स्नान गर्ने चलन छ । सोमबार औँसी परेको दिन बिहान न बोली चुपचाप मौन्ह स्नान गर्नाले जीवनमा जानअन्जानमा भएका पाप पखालिएर मन पवित्र हुने विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर