Advertisement
ताजा खबर
केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

एसईईको उत्तरपुस्तिका परीक्षणमा झमेला

प्रतिक्षा खबर
२०८१ चैत्र १४, बिहीबार १६:२१

काठमाडौं, चैत १४ । शुक्रवार सम्पन्न हुन लागेको एसईईको उत्तर पुस्तिका परीक्षणमा झमेला हुने भएको छ । आफ्ना माग पूरा नभएको भन्दै शिक्षकहरूले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने जनाए पछि झमेला हुने सम्भावना बढेको हो ।

नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्न भनेको छ ।

‘शिक्षकहरूले उत्तरपुस्तिका परीक्षा नगरी शैक्षिक सडक आन्दोलनमा आउनु हुन्छ । राज्यले माग पूरा नगरेकाले यो स्थिति आएको हो,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने । ७ चैतदेखि सुरु भएको एसईई १९ गते सकिँदै छ । अध्यक्ष सुवेदीका अनुसार ४ लाख शिक्षक कर्मचारी छन् । तीमध्ये ७५ प्रतिशत शिक्षक कर्मचारी सडक आन्दोलनका लागि काठमाडौं आउने बताए ।

महासंघले २० गतेदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गर्ने सभा, समारोह, तालिम, गोष्ठी लगायतका गतिविधिमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।

काठमाडौंमा प्रदर्शन गर्न महासंघले शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क पनि उठाउने निर्णय गरेको छ । प्रति शिक्षक कर्मचारी शुल्क १०० रुपैयाँ निर्धारण गरेको महासंघले ५० रुपैयाँ केन्द्रमा पठाउन भनेको छ ।

महासंघले २० गतेदेखि हने अनिश्चितकालीन आन्दोलन अन्तिम र निर्णायक हुने बताएको छ । ‘शिक्षा ऐन जारी गर्न संसद् र सरकारले काम गरेन । आन्दोलनबाट फैसला गछौं,’ सुवेदीले भने ।

आन्दोलनरत शिक्षक महासंघसँग सहजीकरण र वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति बनाएको छ । तर उक्त समितिसँँग वार्ताको औचित्य नरहेको महासंघको भनाइ छ । ‘यो कमिटिसँग बसेर समस्या साधान नहुने भएकाले वार्तामा नबस्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले भने ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शिक्षकहरू रिले अनशमा पनि बसिरहेका छन् । १५ जना शिक्षकको समूह रिले अनशमा बसेको हो । अहिले परीक्षा चलिरहेकाले १५ जनाको संख्यामा मात्र रिले अनशनमा बसेको अध्यक्ष सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर